स्कोडा एलरोक इलेक्ट्रिक एसयूभी लन्च, फुल चार्जमा  ५६० किमी भन्दा बढी रेन्जको दाबी

स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक सार्वजनिक गरेको छ । एलरोक स्कोडाको नयाँ 'मोडर्न सोलिड' डिजाइनको पहिलो मोडल हो ।

स्कोडा एलरोक एक पटक फुल चार्जमा ५६० किलोमिटरभन्दा बढी चल्ने कम्पनीको दाबी छ । यो बाहेक सो  इलेक्ट्रिक कारमा रियरभ्यु क्यामेरा, क्रु प्रोटेक्ट असिस्ट, साइड असिस्ट र स्मार्ट लिंक जस्ता फिचर समावेश छ ।

साथै सो एसयूभीमा एलईडी म्याट्रिक्‍स हेडलाइट, डोर मोल्‍डिङ, २१ इन्च अलोय ह्विल, सी आकारको रियर एलईडी लाइट, शार्क फिन एन्टिना, १३ इन्च इन्फोटेनमेन्ट सिस्टम, ड्युअल टोन इन्टिरियर, फोन चार्जिङको लागि फोन बक्‍स, इन्टेलीजेन्ट पार्क असिस्‍ट, ९ एयरब्याग, ट्राफिक जाम असिस्‍ट र ईबीडी जस्ता फिचर समावेश गरिएको छ ।

सो एसयूभीको लम्बाई ४४८८ एमएम, चौडाई १८८४ एमएम, उचाइ १६२५ एमएम, ह्विलबेस २७६५ एमएम र ग्राउन्ड क्लियरेन्स १८६ एमएम छ ।

एलरोक मिडसाइज एसयूभी सेगमेन्टमा पहिलो इलेक्ट्रिक कार हो, जुन फ्ल्यागशिप एन्याक आईभी र आगामी एपिक कम्प्याक्ट ईभी बिचमा राखिनेछ । सो कार युरोपिय बजारमा लन्च भइसकेको छ र अर्को वर्ष भारतीय बजारमा लन्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

फेसलिफ्ट लन्च हुने मिति नजिकिएपछि स्कोडाले कुशाकमा दियो भारी छुट

फेसलिफ्ट लन्च हुने मिति नजिकिएपछि स्कोडाले कुशाकमा दियो भारी छुट

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकमा भारी छुट दिएको छ । एसयूभीको...

८ महिनामै ३० हजार यूनिट कायलाक बिक्री, स्कोडाको कुल बिक्रीमा ६५ प्रतिशत योगदान

८ महिनामै ३० हजार यूनिट कायलाक बिक्री, स्कोडाको कुल बिक्रीमा ६५ प्रतिशत योगदान

काठमाडौँ – स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ...

स्कोडाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने, टिजर सार्वजनिक

स्कोडाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने, टिजर सार्वजनिक

पछिल्ला केही वर्षदेखि भारतीय ग्राहकहरूमाझ कम्प्याक्ट एसयूभीको माग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...