‘रियल ड्राइभर्स वान्टेड’ थिमसहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक, सुरुवाती मूल्य ५७.९० लाख
काठमाडौँ–नेपाली अटोबजारमा निकै प्रतिक्षा गरिएको एसयूभी स्कोडा कुशाक...
मिड साइज एसयूभी कुशाकको बिक्री वढेसंगै स्कोडाले भारतमा यो वर्षको ११ महिनामा उत्साहजनक बिक्री हाँसिल गरेको छ । अघिल्लो वर्ष कुल २३ हजार ८५८ युनिट कार बिक्री गरेको या व्राण्डले यो वर्षको ११ महिनामै दोव्वर भन्दा बढीले बिक्री हाँसिल गरेको हो । उसले हालसम्म ४८ हजार ९३३ युनिट कार विक्री गरिसकेको बताएको छ । नोभेम्वरमा मात्र कुल ४ हजार ४३३ युनिट कार बिक्री भएको थियो ।
स्कोडाको बिक्री बढाउन कुशाक एसयूभीको योगदान महत्वपूर्ण रहेको स्कोडा इण्डियाका व्रान्ड डाइरेक्टर पेटर सोल्सले बताएका छन् । ‘सेफ्टी टेष्टमा उत्कृष्ट नतिजा हाँसिल गरेसंगै कुशाक मनपराउने ग्राहकहरु बढिरहेका छन् । साथमा नयाँ सेडान स्लाभियाको योगदान समेत उत्तिकै महत्वपूर्ण रहेको छ ’ उनले भारतीय अनलाईन मिडिसंगको कुराकानीमा भने ।
स्कोडाले हाल भारता कुशाक र स्लाभिया सहित कोडियाक, सूपर्व र अक्टाविया लगायत मोडलको बिक्री गर्दै आइरहेको छ । यी कारको बजार विस्तार भएसंगै उसका लागी भारतीय बजार विश्वको तेस्रो ठूलो बजार वनेको जनाइएको छ । अहिले भारतमा चीनमा भन्दा पनि धेरै स्कोडाका कार विक्री भैरहेका कारण आगामी दिनमा बिक्री र विक्री पछिको सेवामा वढी जोड दिने कम्पनीले रणनिती वनाएको छ ।
स्कोडा नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको यूरोपिनय ब्राण्ड हो । यो व्राण्डलाई एमएडव्लु इन्टरप्राइजेजले आयत गरी कारोवार गर्दै आएको हो । नेपाली बजारमा यसको कुशाक, कोडियाक र सुपर्व लगायत मोडल उपलब्ध छन् । जसमध्ये यहाँको बजारमा पनि मिड साइज एसयूभी कुशाक नै सर्वधिक संख्यामा बिक्री भैरहेको छ । स्कोडाको प्राथमिकतामा भारतीय बजार परेपछि यसको सकरात्मक प्रभाव नेपाली बजारमा समेत पर्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...