आउदै छ पेट्रोल र इलेक्ट्रिक दुवै मोडमा चलाउन मिल्ने स्कोडाको अक्टाभिया आरएस

स्कोडाले आफ्नो पहिलो प्लग–इन हाइब्रिड अक्टाभिया आरएस आईभी भारतमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो २०२३ को मध्यमा लन्च गर्ने अपेक्षा गरिएको छ । नयाँ अक्टाभिया आरएस आईभी चौथो पुस्ताको अक्टाभियामा आधारित छ र यसलाई सीबीयू रुट अन्तर्गत ल्याइने छ ।

रिपोर्टका अनुसार नयाँ स्कोडा अक्टाभिया आरएस यसको स्ट्यान्डर्ड मोडल जस्तै देखिनेछ र यसको फ्रन्ट निकै स्पोर्टी देखिनेछ । यो कारमा ब्ल्याक आउट ओआरभीएमएस र रेड आरएस ब्याच रहेको छ साथै फ्रन्टमा ग्लस ब्ल्याक र रियरमा स्किड प्लेट देखिनेछ ।

कारको इन्टेरियरमा १०.२५ इन्च भच्र्युअल ककपिट, १० इन्च इन्फोटेनमेन्ट सिस्टम, एम्बियन्ट लाइटिङ, ८ एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ आदि फिचर हुनेछ । अक्टाभिया आरएसको एक्सटेरियरमा १९ इन्चको एलोय ह्विल, एरो फ्ल्याप र रियर स्पोइलर, ड्यासबोर्ड र डोर प्यानलमा आकर्षक डिजाइन समावेश हुनेछ । कार थप फिचरको रुपमा विशेष ड्राइभिङ मोड पनि हुनेछ ।

नयाँ स्कोडा अक्टाभिया आरएस आईभी १.४ लिटर ४ सिलिन्डर, टीएसआई पेट्रोल इन्जिनद्वारा संचालित हुनेछ जसले १५० एचपीको पावर जेनेरेट गर्छ र ११६ एचपी भएको इलेक्ट्रिक मोटरसँग जोडिनेछ । यो इन्जिन प्याकले संयुक्त रूपमा २४५ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । साथै आगामी मोडेलमा १३ केडब्ल्युएच क्षमताको ब्याट्री प्याक समावेश गरिनेछ छ, जसको अल–इलेक्ट्रिक मोडले ६० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । भारतमा नयाँ मोडलको मूल्य ४१ लाख भारु हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाक भारतमा लन्च गरेको १ वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले...

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

जिप इन्डियाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...