कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी भएसँगै सो इलेक्ट्रिक एसयूभीले धेरैको ध्यान आकर्षित गरेको छ । सो एसयूभी भारतीय बजारमा सीबीयूको रूपमा ल्याइनेछ। रिपोर्टका अनुसार यो २०२४ मा युरोपको सबैभन्दा धेरै बिक्री हुने बीईभी मध्ये एक हुने अपेक्षा गरिएको छ।

स्कोडा इन्याक फेसलिफ्टको स्केचमा कम्पनीको नयाँ लेटरमार्क लोगो देखिएको छ । यसमा टेक-डेक फेसका साथै पातलो ग्रिल पनि दिइएको छ । यसको हेडलाइट युनिट डीआरएलको तल राखिएको छ र बम्परमा एयर इन्टेकद्वारा फ्रेम गरिएको छ। यसको स्केच साइड स्कर्ट र रियर बम्परको साथ सिल्भर प्यानलमा जारी गरिएको छ।

नयाँ स्कोडा इन्याक हालको मोडलमा जस्तै कुपेको रूपमा ल्याइनेछ। यसको स्केचमा शार्प लाइन्‍सका साथमा सिल्हुट देख्न सकिन्छ । यसमा ब्ल्याक रुफ पनि देखिएको छ । साथै स्केचमा ठुलो अलोय ह्विल, डोर ह्यान्डल, डार्क क्रोम एक्सेन्ट, शार्प टियर-अफ एज र सिग्नेचर सी आकारको टेल लाइट पनि देखिएको छ ।

स्कोडाले इन्याक फेसलिफ्ट सन् २०२५ को अन्तमा लन्च गरिने पुष्टि गरेको छ। स्कोडाले यसअघि २०२४ इन्डिया मोबिलिटी ग्लोबल एक्सपोमा इन्याक आईभी पेश गरेको थियो। यसलाई ध्यानमा राखी कम्पनीले आगामी जनवरीमा हुने अटो एक्सपोमा सोही मोडललाई पुनः प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।

स्कोडा इन्याक धेरै पटक परीक्षण क्रममा देखिसकेको छ । रिपोर्टका अनुसार परीक्षणको क्रममा देखिएको मोडलमा ५१३ किलोमिटरसम्मको डब्ल्युएलटीपी रेन्ज भएको ७७ किलोवाट ब्याट्री, १२५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट जस्ता विशेषता रहेको जनाएको छ ।   यसमा जडान गरिएको मोटरले २६५ एचपी पावर उत्पादन गर्ने बताइएको छ । साथै यसले केवल ६.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ।

सो एसयूभीलाई भारतीय बजारमा ५० लाख भारु सुरुवाती मूल्यमा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चांगन, हुवावे र सीएटीएलको संयुक्त साझेदारीमा नयाँ मिडसाइज इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

चांगन, हुवावे र सीएटीएलको संयुक्त साझेदारीमा नयाँ मिडसाइज इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

चीनको अग्रणी सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको...

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...

ग्रेटवाल मोटरका गाडी किन्दा ४ लाख बराबरको लाभ पाइने

ग्रेटवाल मोटरका गाडी किन्दा ४ लाख बराबरको लाभ पाइने

काठमाडौं – ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...