टाटा नेक्सन ईभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, सार्वजनिक भयो नेपालमा
काठमाडौं – टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेक्सन ईभी नेपालमा...
टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको लागि विश्वभर नै विश्वास गरिने ग्लोबल एनक्यापमा टाटा मोटर्सका कारले बढी नै रेटिङ प्राप्त गरेका छन् ।
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर ईभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, एचफाइभ, सफारी र पन्च उत्पादन गर्दछ । यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षा अर्थात एडल्ट सेफ्टीमा ५ स्टार प्राप्त गरेका छन् । त्यसैगरी टियागो, टिगोर र टिगोर ईभीले ४ स्टार प्राप्त गरेका छन् । ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष ८ मध्ये ६ वटा टाटा मोटर्सकै कार छन् । यसका प्रतिस्पर्धीहरू कमजोर रेटिङ र न्यून स्तरमै सीमित भएको कम्पनीको भनाइ छ ।
टाटा मोटर्सले व्यवसायिक र निजी दुवै प्रायोजनका लागि गाडीहरूको व्यवस्था गरेको छ । टाटाको आफ्नो न्यु फरएभर रेञ्ज अन्तर्गत निजी गाडीहरुमा टियागो, अल्ट्रोज, टिगोर, ह्यारियर अर्थात एचफाइभ, सफारी, पन्च, एनआरजी लगायतका अन्य मोडलहरू उपलब्ध छन् । टाटाले स्टाइलिस तरिकाले उत्कृष्ट प्रदर्शन र मल्टि –ड्राइभ मोडहरू प्रदान गर्दछ ।
टाटाको आकर्षक डिजाइन, उत्कृष्ट प्रस्तुति र सुरक्षा सुविधाहरू सहितको आधुनिक निर्माणको कारण यसका अन्य प्रतिस्पर्धीहरूलाई उछिन्न सफल भएको छ । यसबाहेक टाटा मोटर्सले आफ्नो विभिन्न मोडलको गाडीहरू सुलभ एवं आकर्षक मुल्यमा ल्याएको र यसले ग्राहकहरूलाई आफ्नो लगानीको सही सदुपयोग भएको महसुस गराउने कम्पनीको भनाइ छ ।
काठमाडौं – टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेक्सन ईभी नेपालमा...
चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका...
टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर ल्याउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...