टाटा पन्च बन्यो जुन २०२६ को सर्वाधिक बिक्री हुने कार
जुन २०२६ मा भारतीय बजारका लागि सर्वाधिक बिक्री हुने कारको सूचीमा टाटा पन्च...
टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको लागि विश्वभर नै विश्वास गरिने ग्लोबल एनक्यापमा टाटा मोटर्सका कारले बढी नै रेटिङ प्राप्त गरेका छन् ।
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर ईभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, एचफाइभ, सफारी र पन्च उत्पादन गर्दछ । यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षा अर्थात एडल्ट सेफ्टीमा ५ स्टार प्राप्त गरेका छन् । त्यसैगरी टियागो, टिगोर र टिगोर ईभीले ४ स्टार प्राप्त गरेका छन् । ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष ८ मध्ये ६ वटा टाटा मोटर्सकै कार छन् । यसका प्रतिस्पर्धीहरू कमजोर रेटिङ र न्यून स्तरमै सीमित भएको कम्पनीको भनाइ छ ।
टाटा मोटर्सले व्यवसायिक र निजी दुवै प्रायोजनका लागि गाडीहरूको व्यवस्था गरेको छ । टाटाको आफ्नो न्यु फरएभर रेञ्ज अन्तर्गत निजी गाडीहरुमा टियागो, अल्ट्रोज, टिगोर, ह्यारियर अर्थात एचफाइभ, सफारी, पन्च, एनआरजी लगायतका अन्य मोडलहरू उपलब्ध छन् । टाटाले स्टाइलिस तरिकाले उत्कृष्ट प्रदर्शन र मल्टि –ड्राइभ मोडहरू प्रदान गर्दछ ।
टाटाको आकर्षक डिजाइन, उत्कृष्ट प्रस्तुति र सुरक्षा सुविधाहरू सहितको आधुनिक निर्माणको कारण यसका अन्य प्रतिस्पर्धीहरूलाई उछिन्न सफल भएको छ । यसबाहेक टाटा मोटर्सले आफ्नो विभिन्न मोडलको गाडीहरू सुलभ एवं आकर्षक मुल्यमा ल्याएको र यसले ग्राहकहरूलाई आफ्नो लगानीको सही सदुपयोग भएको महसुस गराउने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...