गत आर्थिक वर्षको १२ महिनामा भित्रिए बराबर विद्युतीय गाडी अहिले भित्रिए ६ महिनामै

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षभर नेपाल भित्रिए बराबरको संख्यामा विद्युतीय गाडी भित्रिएका छन्। गत वर्ष कुल १८ सय ७ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए भने यो वर्षको ६ महिनाको अवधिमै १७ सय ४९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्।

यो वर्षको पुस महिनामा मात्रै १ अर्ब १० करोड ३४ लाख ४५ हजार रुपैयाँको ३९६ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ५ अर्ब बराबरको विद्युतीय गाडी आयात भएका थिए भने यो वर्षको ६ महिनामा ४ अर्ब ९२ करोड रुपैयाँका विद्युतीय गाडी आयात भएका छन् ।

सो अवधिमा सबैभन्दा बढी १०० किलोवाटभन्दा कम रेन्जका विद्युतीय जिप, कार र भ्यान आयात गरेको छ । ६ महिनाको अवधिमा नेपालले ४ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँको १७ सय ८ वटा १०० किलोवाटभन्दा कम रेन्जको विद्युतीय सवारी साधन आयात गरेको छ ।

त्यसैगरी, १०० किलोवाट देखि २०० किलोवाटसम्मको १५ करोड ६१ लाख २२ हजार रुपैयाँको ३५ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ३ करोड ५१ लाख ५० हजार रुपैयाँको ६ वटा विद्युतीय जिप, कार र भ्यान आयात गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका थिए । जसले गर्दा १०० किलोवाटमाथिको जिप, कार र भ्यान आयातमा निकै प्रभाव परेको छ ।

सम्बन्धित समाचारहरू

सर्बाधिक मासिक डेलिभरी सहित कीर्तिमान कायम गर्दै एक्सपेङ, नेपालमा सफलता हासिल गर्दै

सर्बाधिक मासिक डेलिभरी सहित कीर्तिमान कायम गर्दै एक्सपेङ, नेपालमा सफलता हासिल गर्दै

ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै...

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा समेत गाडी चोरी...

ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...