सिप्रदी र यात्री मिलेर बनाएको नयाँ स्कुटरको ७ हजार किलोमिटर परीक्षण, कहिले हुँदैछ लन्च ?

काठमाडौं– सिप्रदी र यात्री मिलेर नेपालमै उत्पादन गरेको विद्युतीय स्कुटर हाल नेपालका विभिन्न सडकहरुमा परिक्षण भइरेको छ । पी२ नामले लन्च हुने तयारीमा रहेको उक्त नयाँ विद्युतीय स्कुटरको ७ हजार किलोमटिर परीक्षण भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमार्फत उक्त स्कुटरको देशभरका विभिन्न सडक खण्डामा परिक्षण भइरेको जानकारी दिएको हो । स्कुटरलाई नेपालका विभिन्न कठिन भूभागहरु वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौँडा, जिरी, फापरबारी, मुलकोट र कटारीसम्मका सडकहरुमा गुडाएर परीक्षण गरिएको छ ।

तराईको समथर सडकदेखि मध्यपहाडी र अफरोड सेगमेन्टमा समेत यसको क्षमता जाँचिएको यात्रीले जनाएको छ । कम्पनीले यो स्कुटरलाई दैनिक ४ सय किलोमिटरभन्दा धेरै गुडाएर यसको टिकाउपन परीक्षण गरिरहेको छ ।

यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो । त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको छ । सो नयाँ स्कुटरलाई कम्पनीले नेपाली नयाँ वर्षमा औपचारिक लन्च गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

अब १० लाख कम मूल्यमा इलेक्ट्रिक लक्जरी एसयूभी ‘जिकर एक्स’

अब १० लाख कम मूल्यमा इलेक्ट्रिक लक्जरी एसयूभी ‘जिकर एक्स’

काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी१० गाडीलाई नेपालगन्जमा भव्य...

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

बीवाईडीले सिंगापुरमा सार्वजनिक ग-यो १०० किलोवाटको बीवाईडी सिल

विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...