२२ प्रतिशत कम मूल्यमा टाटा जेन्यूइन पार्ट्स, ६ महिना अर्थात ५० हजार किलोमिटरसम्म वारेन्टि

टाटा गाडीको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङ प्रालिले कमर्सियल भेइकलमा प्रयोग हुने जेन्यूइन पार्ट्सको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । टाटाका लाइट तथा हेभी कमर्सियल भेइकलमा प्रयोग हुने रनिङ पार्ट्समा कम्पनीले पुष १७ देखी लागु हुनेगरी २२ प्रतिशतले मूल्य कम गरेर सो सूची सार्वजनिक गरेको हो ।

बजारमा आर्थिक गतिविधी सुस्त भएसंगै यसले ग्राहकलाई मार पारेको भन्दै उनीहरुलाई राहत प्रदान गर्न यसरी मूल्य कम गरिएको कम्पनी स्रोतको भनाई छ । मूल्य कम भएपछि ग्राहकले सुपथ मूल्यमै जेन्यूइन पार्ट्स खरिद गरी गाडीको सर्भिसिङ एवं मेन्टिनेन्स गराउन सक्नेछन् ।

नेपालको कमर्सियल भेइकल बजारमा टाटाले विगत लामो समयदेखी बजारको नेतृत्व लिँदै आइरहेको छ । यो व्राण्डको मिनी पिकअप ट्रकदेखी ठूला ट्रक, टिप्पर र वस लगायत सावरी साधन नेपाली बजारमा विक्री हुँदै आएका छन् । यी सवारी साधनको मर्मत सम्भारमा टाटाकै जेन्यूइन पार्टस्को प्रयोग गर्न आह्वान गर्दै कम्पनीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै अइरहेको छ ।

जेन्यूइन पार्टस् प्रयोग गरेर सिप्रद्धीको आधिकारिक सर्भिस सेन्टरमा गाडीको मर्मत सम्भार गराउँदा ग्राहकले स्पेयर पार्ट्समा ६ महिना आर्थत ५० हजार किलोमिटरसम्मको वारेन्टि पाउने कम्पनीको भनाई छ । जेन्यूइन पार्ट्सको प्रयोगले सवारी साधनको आयू लम्विने, मर्मत सम्भार खर्च कम पर्ने र उत्पादकत्व बृद्धि हुने जस्ता फाइदा लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर...

मोटर पार्ट्स गोदाममा आगलागी

मोटर पार्ट्स गोदाममा आगलागी

बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...