गायक सुशान्त केसीको रोजाईमा जावा पेराक मोटरसाइकल

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले हालै जावा पेराक मोटरसाइकल किनेका छन् ।

आफ्नो व्यक्तित्वसँग मेल खाने भएकाले यो बाइक रोजाईमा परेको उनले बताए ।

उनले पेराकको टेस्ट ड्राइभ गरेपछि यो आरामदायी र विलाशी भएको संकेत पाएका र उनलाइ पेराकले निकै आकर्षित बनाएको कम्पनीको भनाइ छ ।

गायक सुशान्त केसी आमा, मायामा, साथी र बेहोस आदि बोलको मधुर र सार्थक स्वरमार्फत परिचित छन् ।

जावा बाइकको उत्पादक क्लासिक लिजेन्ड्सको आधिकारिक वितरकको रुपमा अग्नि मोटोइंक प्रालिले गत २०२० अक्टोबर १३ मा जावा मोटरसाइकल र पछि जावा पेराक २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो ।

शहर र राजमार्गहरुमा चलाउनका लागि आकर्षक र रमाइलो भएकाले नेपाली बजार प्रवेश पछि जावा मोटरसाइकलले युवाहरु र मोटरसाइकलप्रेमीहरूको निकै ध्यान तानेको छ ।

यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । जावा पेराक एक बबर स्टाइल बाइक हो । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ ।

यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् । 

सम्बन्धित समाचारहरू

लेभल २ एडास सहितको स्कर्पियो एन सार्वजनिक, मूल्य कति ?

लेभल २ एडास सहितको स्कर्पियो एन सार्वजनिक, मूल्य कति ?

महिन्द्राले स्कर्पियो एनमा नयाँ फिचर थपेर ल्याएको छ । एसयूभीमा लेभल २ एडास...

बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा, भिडियो भाइरल

बाबा रामदेव ब्राण्ड न्यू एक्सयूभी ७०० मा, भिडियो भाइरल

योग गुरु बाबा रामदेवले आफ्नो भवनको कम्पाउन्ड भित्र नयाँ महिन्द्रा...

चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवनमा सार्वजनिक भयो महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो

चितवन – महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...