भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
टचस्क्रिन कारको एक महत्वपूर्ण र संवेदनशिल भाग हो । कारको ड्यासवोर्डमा फिट गरिएको यो डिभाइसको साहयतामा इन्फोटेन्मन्ट र नेभिगेसन लगायत अन्य फिचरलाई हातको औलाले छोएकै भरमा संचालन गर्न सकिन्छ । यो डिभाइसमा स्क्र्याच लगायत समस्या आउँदा क्याविन भित्रको सौन्दर्य नै विग्रन सक्छ भने अर्कोतर्फ यसले प्रभावकारी तवरबाट कार्य गर्न सक्दैन ।
टचस्क्रिनलाई जोगाउन ग्लास प्रोटेक्टरको प्रयोग गर्नु एकदमै उत्तम मानिएपनि सवैजसो चालकले यसलाई प्रयोग गरेको पाइदैन । यस्तो अवस्थामा स्क्रिन स्क्र्याच हुने संभावना वढेर जान्छ । जसलाई यी चार उपाय अपनाएर सहजै हटाउन सकिन्छ ।
टुथ पेष्टको प्रयोग
दाँत माज्न प्रयोग हुने टुथ पेष्टको प्रयोगले टचस्क्रिनमा देखिने साना स्क्र्याचलाई सहजै हटाउन सकिन्छ । यसका लागी नरम कटनको कपडालाई थोरै टुथ पेष्टमा डुवाउनुपर्छ । त्यसपछि स्क्र्याच भएको स्थानमा विस्तारै लगाउनु पर्छ । यसो गर्दा टुथ पेष्टको मात्रा धेरै हुनुहुँदैन भने खस्रो कपडाको प्रयोग पनि गर्नु हुँदैन । टुथ पेष्टलाई दलिसकेपछि यसलाई हटाउन नरम र सुख्खा कटन कपडाको प्रयोग गर्नुपर्छ ।
वेकिङ पाउडरको प्रयोग
वेकिङ पाउडरको प्रयोगले पनि स्क्रिनको स्क्र्याच हटाउन सकिन्छ । जसका लागी थोरै पानीमा पर्याप्त मात्रा पाउडरलाई मिसाएर यसको पेष्ट वनाउनुपर्छ । त्यसपछ नरम कपडालाई केही समयसम्म उक्त पेष्टमा डुवानु पर्छ । यसरी डुवाएर राखिएको कपडाले छिटोछिटो स्क्रिनमा लगाउनु पर्छ । यसलाई दलिसकेपछि सफा र नरम कपडाले सफा गर्नुपर्छ ।
भेजिटेवल आयलको प्रयोग
भेजिटेवल अयाको प्रयोगले स्क्रिनमा देखिने र नदेखिने सुक्ष्म स्क्र्याचहरुलाई हटाउन सकिन्छ । जसका लागी सुद्ध भेजिटेवल आयलमा नरम कपडालाई डुवाउनु पर्छ । यसरी डुवाएर राखिएको कपडाले स्क्रिनमा १० देखी १५ मिनेटसम्म प्रयोग गर्दा यसले स्क्र्याचलाउ हटाउन मद्धत गर्छ ।
विशेष क्रिमको प्रयोग
टचस्क्रिनमा देखिने स्क्र्याचलाई हटाउन बजारमा विशेष प्रकारको क्रिम समेत पाइन्छ । यस्तो क्रिमलाई सफा र नरम कपडामा राखेर १५ देखी २० मिनेटसम्म प्रयोग गर्दा यसले स्क्र्याचलाई सहजै हटाइदिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...