सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

काठमाडौं - माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गतेका लागि सारिएको छ । यसअघि माघ २ गतेलाई ‘ब्रेक थ्रु सेरेमोनी’ गर्ने भनिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको समय माघ ११ गते लाई मिलाएको कारण ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रम उक्त दिनका लागि सारिएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ ।

जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ। दक्षिणतर्फ ६०८ मिटर र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा बाँकी १.५ मिटर भाग ब्लास्ट गरिनेछ। यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ।

बाइपास एक १५१ मिटर, दुई १६१ मिटर, र तीन १३० मिटर टनेल रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीबाट बुटवल-गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ । मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइनेछ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको आयोजनाले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरू

सुरक्षित सवारीको लागि सडक सुरक्षा परिषदवारे सातै प्रदेशका मुख्यमन्त्रीलाई खुला पत्र

सुरक्षित सवारीको लागि सडक सुरक्षा परिषदवारे सातै प्रदेशका मुख्यमन्त्रीलाई खुला पत्र

नेपालमा संघीय गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयनमा आएको ८...

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको आज सोमबार...

प्रधानमन्त्री ओलीले आज सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने

प्रधानमन्त्री ओलीले आज सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...