बोशद्वारा ‘पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना, नवीन प्रविधि र उद्योग साझेदारीमा जोड
काठमाडौं – बोश नेपालद्वारा नेपालका लागि आफ्नो आधिकारिक वितरक इन्फ्राटेक...
काठमाडौं–स्पेयर पार्ट्स व्यावसायमा ख्याती कमाएको श्री अम्बा ग्रुप प्रालिको वार्षिक डिलर मिट कार्यक्रम काठमाडौँको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ । भदौ ५ गते आयोजित उक्त विशेष समारोहमा नेपालभरका आधिकारिक डिलरहरू, सञ्चारकर्मी तथा श्री अम्बा ग्रुपका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल क्षेत्रका प्रतिष्ठित प्रतिनिधिहरूको विशेष सहभागिता रहेको थियो । समारोहमा भारतको प्रसिद्ध अटो कम्पोनेन्ट निर्माता कम्पनी ’टेक्लोन’का प्रतिनिधि चाक्षु मेहता र सोही कम्पनीका सेल्स हेड नवदीप सिंहका साथै ’ट्रिस्टो’ कम्पनीका निर्देशक बिशु तनेजा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्री अम्बा ग्रुपका सञ्चालक अरुण कुमार अग्रवालले टेक्लोन र ट्रिस्टो जस्ता प्रख्यात एवं ख्यातिप्राप्त अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यी ब्राण्डहरूसँगको साझेदारीले नेपाली अटोमोबाइल बजारमा उच्च गुणस्तरीय पाट्र्स र सेवा प्रवाह गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थित वैदेशिक प्रतिनिधि, देशभरका डिलर तथा कम्पनीका कर्मचारीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।
सहकार्य गरिएको टेक्लोन भारतको एक प्रतिष्ठित अटो कम्पोनेन्ट उत्पादन कम्पनी हो, जसले सवारीसाधनमा प्रयोग हुने स्विच, फ्युल पम्प एसेम्ब्ली, फ्युल पम्प मोटर, रकर सेट, क्याम साफ्ट, एसएमएस बडी, स्प्रे पेन्ट, इन्जेक्टर, क्यालिपर, क्लच पुली, मास्टर सिलिन्डर, डिस्क प्लेट, बल्ब, स्पार्क बल्ब, कार्बुरेटर, बेन्डिक्स, बेरिङ, स्टार्टर मोटर, हर्न र एमसी किट लगायतका स्पेयर पार्ट्स उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ ।
परम्परागत सवारीसाधनका अतिरिक्त यस कम्पनीले थ्री–ह्विलर र उदयीमान विद्युतीय स्कुटरमा प्रयोग हुने आधुनिक स्पेयर पाट्र्सहरू समेत उत्पादन गर्दै आइरहेको छ । श्री अम्बा ग्रुपले यस्ता गुणस्तरीय पार्ट्स नेपाली बजारमा सर्वसुलभ गराउँदै डिलर सञ्जालमार्फत सेवालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...