नेपाल भित्रियो पहिलो इलेक्ट्रिक क्रुजर बाइक : प्रि–बुकिङ गरेकालाई डेलिभरी गरिने
काठमाडौं – नेपाली बजारमा पहिले नै प्रि–बुकिङ गरेका ग्राहकका लागि कोमाकी...
काठमाडौँ– शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका विद्युतीय भ्यान हस्तान्तरण गरेको छ ।
ती गाडीहरु ठोरी–हेटौंडा हुँदै काठमाडौंसम्म चल्नेछन् । गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए ।
उनले भने, “अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहिरहनेछ।” उनले उक्त सवारी हस्तान्तरणले नेपालको यातायात क्षेत्रलाई अझ दिगो र वातावरणमैत्री बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको बताए । उनले भने, विद्युतीय गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातको प्रवृत्तिलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम हो ।’
कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय देशभर विद्युतीय यातायातप्रति आकर्षण बढ्दै गएको बताउँदै यसले वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने दाबी गरे उनीहरुले परम्परागत इन्धनको तुलनामा विद्युतीय गाडीहरू सञ्चालन खर्चमा किफायती रहेको र जसले दीर्घकालीन रूपमा व्यवसायलाई फाइदा पुर्याउने बताए ।
काठमाडौं – नेपाली बजारमा पहिले नै प्रि–बुकिङ गरेका ग्राहकका लागि कोमाकी...
टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो...
एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...