बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– जीली मातहतको ईभी ब्राण्ड जीकरलाई शारडा ग्रुपले बिक्री गर्ने भएको छ । जीकरलाई नेपाल ल्याउन शारडा ग्रुप सहित अन्य ठूला व्यापारिक घरनाले समेत जोडबल लगाउँदै आएकोमा अन्तत सो ग्रुप अन्तर्गतको पायोनियर मोटकर्पले यसको डिलरशिप हात पारेको हो । जीकर चीनको प्रख्यात अटो निर्माता जिली अन्तर्गतको प्रिमियम ईभी ब्राण्ड हो ।
जीलीले हालै अन्तराष्ट्रिय बजारमा निर्यात गर्न यसको एक्स मोडलमा राइट ह्यान्ड ड्राइभ दिएर उत्पादन सुरु गरेको थियो । । सो नयाँ ईभी अष्ट्रेलिया हुँदै थाइल्यान्ड र अन्य मुलुकमा समेत निर्यात गर्ने कम्पनीको योजना छ । संभवत आगामी नाडा अटो शो–२०२४ यसको एक्स मोडल नेपाल आउनेछ ।
जीकर एक्स मोडलको रियर ह्विल ड्राइभ भर्सनमा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । कम्पनीले हालै यसको २०२४ मोडललाई अल ह्विल ड्राइभ भर्सनमा समेत उतारेको छ । जसअनुसार अल ह्विल ड्राइभ अन्तर्गत यसको फ्रन्ट एक्सलमा ११५ किलोवाट क्षमताको अतिरिक्त मोटर राखिएको छ ।
कारमा ६६ किलोवाट आवरको सिएटिएल ब्याट्री जडान गरिएको छ । जसलाई फुल चार्ज गर्दा सिंगल मोटर भर्सनले ५६० किलोमिटर र अल ह्विल ड्राइभ भर्सनले ५०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
कारमा १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र हेड अप डिस्प्ले लगायत फिचर पाउन सकिन्छ । चिनियाँ बजारमा यसको मूल्य २७ हजार ६०० देखी ३० हजार ४०० डलरसम्म निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...