फेरारीलाई टक्कर दिन जीडब्लूएमको हाइब्रिड सुपरकार आउँदै
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) ले आफ्नो...
काठमाडौं–हेभी इक्विपमेन्ट ब्राण्ड शान्तुईका दुईवटा नयाँ ह्विल लोडर नेपाल भित्रिएका छन् । नेपालका लागी आधिकारिक बिक्रेता यूनाइटेड इन्फ्रा इक्विपमेन्ट प्रालिले एक कार्यक्रममाझ ३ टन र ५ टन पे लोड क्षमता भएको एल३६–बी५ र एल५५–वी५ मोडलका परिस्कृत ह्विल लोडर सार्बजनिक गरेको हो ।
नेपालमा हालै सुचिकृत भएका ठूला परियोजनाहरुलाई मध्यनजर गरी यी उपकरण भित्र्याइएको कम्पनीका प्रबन्ध निर्देशक श्याम खड्गीले जानकारी दिए । उनका अनुसार यी उपकरणले दैनिक काममा सहजिकरण गर्नुका साथै परियोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्नेछ ।
एल३६–बी५ लोडरमा १.७ सेन्टिमिटरको लोडिङ बकेट ह्विल, १२५ हर्ष पावरको इन्जिन र १०.५ टन अपरेटिङ तौल छ । यो लोडरले कुनैपनि मटेरियल लोडिङ अपरेसनमा उत्कृष्ट पर्फमेन्स दिने खड्गीले जानकारी दिए ।

यसैगरी, एल५५–बी५ मा ३ सेन्टिमिटरको लोडिङ वकेट, २२० हर्ष पावरको इन्जिन र १६.७ टन अपरेटिङ तौल छ । यो लोडर क्रसर, माइनिङ र विभिन्न प्रकारका प्राकिृतिक प्रकोप लागयत क्षेत्रका लागि उपयोगी छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...