बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– हेभी इक्विपमेन्ट ब्राण्ड शान्तुईको नयाँ ग्रेडर नेपाली बजारमा लन्च भएको छ । शान्तुईको नेपालका लागि आधिकारिक वितरक यूनाइटेड इन्फ्रा इक्विपमेन्ट प्रालिले एसजी १५–बी६ मोडलको नयाँ ग्रेडर लन्च गरेको हो । शान्तुई चीनको प्रख्यात र सबैभन्दा ठूलो मध्ये एक हेभी इक्विपमेन्ट ब्राण्ड हो ।
यो नयाँ ग्रेडरमा विश्व प्रख्यात क्युमिन्स इन्जिन जडान गरिएको छ । ६ सिलिन्डर टर्बो चार्ज्ड उक्त ईन्जिनले २ हजार २०० आरपिएममा १५० एचपी पावर दिने बताइएको छ । यसमा ८ इन्चको नयाँ इन्टेलिजेन्ट मोनिटरिङ इन्स्ट्रयुमेन्ट, रियर भ्यू क्यामेरा, ३२० डिग्री पानारोमिक भ्यू लगायत विशेषता दिइएको छ ।
सो नयाँ ग्रेडरमा फराकिलो ब्लेड, सुधारिएको स्विंग सर्कल, थोरै लुब्रिकेसन प्वाइन्ट, सेन्ट्रलाइज्ड प्रेसर मेजरिङ सिस्टम, वक्स स्ट्रक्चर टु स्टेज फ्रन्ट फ्रेम र सुधारिएको पम्प एबं कम्पोननेन्ट जस्ता फिचर सामेल गरिएको छ ।
साथै यसको फ्यूल ट्यांक पछाडीको कर्नरमा राखिएका कारण इन्धन हाल्न सहज हुने र जमिनकै सतहबाट सर्भिसिङ गर्न सकिन्छ । यो नयाँ ग्रेडरले नेपाली बजारमा छिट्टै लोकप्रियता हाँसिल गर्ने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...