बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–नेपालमा इलेक्ट्रिक स्कुटर आयात गरी बिक्री गर्दै आएको जिरो इमिसन राइड एनले आफ्नो ७ वर्षको व्यवसायिक यात्रा पुरा गरेको छ । कम्पनीले सन् २०१९ मा लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटर बिक्रीबाट आफ्नो ईभी व्याबसाय सुरु गरेको थियो ।
सन् २०२६ सम्म आइपुग्दा जिरो इमिसन राईड एनले एउटै छानामुनि तीन फरक चर्चित ब्रान्डका गुणस्तरीय इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्रीवितरण गरिरहेका छ । जसमा लुयान, सारथी र इकुटर ब्रान्ड सामेल छन् ।
कम्पनीले सन् २०२४ मा सारथी इकुटर नामक भगिनी संस्था स्थापना गरि त्यसमार्फत चिनियाँ बजारमा लोकप्रिय र गुणस्तरीय स्कुटर उत्पादन गर्ने कम्पनी उशी इकुटर टेक्नोलोजि कम्पनि लिमिटेडसँग सहकार्य गर्दै आएको छ ।

यस ब्रान्ड अन्तर्गत हाल इकुटर ई३ मोडल उपलब्ध रहेको छ । कम्पनीले सिडाओ इलेक्ट्रिक भेहिकल कम्पनि लिमिटेडसँग नेपालको लागि पूर्ण एकाधिकार सहितको बिक्री स्वामित्व प्राप्त गरी विंगर मोडल इलेक्ट्रिक स्कुटरको पनि बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनिका प्रवन्ध निर्देशक दुर्बास नगरगोटीका अनुसार, सन् १९९८–२००० तिर विभिन्न चिनियाँ ब्रान्डका पेट्रोल मोटरसाइकलहरू नेपाली बजारमा भित्रिएका थिए । ती मोटरसाइकलहरू आकर्षक डिजाइन र कम मूल्यका कारण छोटो समयमै लोकप्रिय बनेपनि आयातकर्ताहरूले बिक्रीपछिको सेवाको साथै स्पेयर पार्ट्स उपलब्ध नगराउदा विस्तारै चिनियाँ उत्पादनप्रति जनमानसमा नकारात्मक धारणा विकास हुन पुग्यो ।

यसैको असरले गर्दा सन् २०१५–२०१६ तिर इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकहरूले पनि सोहि नियति भोग्नु परेको नगरकोटी बताउँछन् । ‘बजारमा सेवा र पाटर््सको उपलब्धताको अभावका कारण इलेक्ट्रिक स्कुटरप्रति अविश्वासको वातावरण कायमै थियो । त्यसैले सन् २०१९ तिर इलेक्ट्रिक स्कुटर आयात गर्नु आफैमा एउटा ठूलो चुनौती हँुदाहुँदै पनि हामीले चुनौतीलाई अवसरका रूपमा लिएर लुयान इलेक्ट्रिक स्कुटरको बिक्री थालनी गरेका हौं’ उनले भने ।
जिरो इमिसन राईड एनले स्कुटर आयातसँगै आवश्यक स्पेयर पार्ट्स भित्र्याएर सर्भिस सेन्टरको व्यवस्थापछि मात्रै स्कुटर विक्री प्रारमभ गरेको नगरकोटी बताउँछन् । कम्पनीले ‘देशको ऊर्जा देशमै खपत अभियान’ भन्ने स्लोगनलाई आत्मसाथ गर्दै, देश र जनताको हितलाई प्राथमिकता दिने उद्देश्य राखको छ ।
साथै, यस कम्पनीले कमभन्दा कम मुनाफामा गुणस्तरीय मोडलहरु उपलब्ध गराउने उद्देश्य समेत राखेको छ । सोहि नीतिका कारण न्युनतम मूल्यमा गुणस्तरीय इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै ग्राहकमाझ अलग पहिचान बनाउन लुयान सफल भएको प्रबन्ध निर्देशक नगरकोटी बताउँछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...