७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ कार्य गरिरहेको छ । सो प्रिमियम एसयूभी ग्रान्ड भिटारको ७–सिटर भर्सन हुन सक्ने बताइएको छ । सो कारले बजारमा टाटा सफारी र महिन्द्रा एक्सयूभी७०० लाई टक्कर दिनेछ ।

कम्पनीले यसको वारेमा आधिकारिक जानकारी नदिए पनि केही मिडिया रिपोर्टका अनुसार यसममा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) जस्ता सेफ्टी फिचर हुनेछ ।

मारुती सुजुकीले सो नयाँ एसयूभीलाई कम्पनीको लाइनअपमा ग्रान्ड भिटारा र इन्भिक्टोको बीचमा राख्नेछ । यसको मूल्य भारतीय बजारमा करिव १५ लाख भारु देखि शुरु हुने अनुमान गरिएको छ ।

सो कार हालको ग्रान्ड भिटारा भन्दा केही ठूूलो हुनेछ भने यसको फ्रन्टमा नयाँ ग्रिल र हेडल्याम्प तथा नयाँ अलोय ह्विल र कनेक्टेड टेक्नोलोजी जस्ता फिचर हुनेछ ।

यसमा ग्रान्ड भिटारा जस्तै १.५ लिटरको नेचुरल्ली एस्पिरेटेड माइल्ड हाइब्रिड पेट्रोल इन्जिन अप्सन हुन सक्नेछ, जसले ११५ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसका साथै यसमा नन–हाइब्रिड इन्जिन अप्सन पनि हुन सक्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...

सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...