चर्चामा एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

युरोपेली कम्पनी लाइटइयरले एक पटक चार्जमा ७ महिनासम्म चल्ने इलेक्ट्रिक कार निर्माण गरे पछि यसको चर्चा चुलिएको छ । यो कारको नाम लाइटइयर ‘ओ’ राखिएको छ । सो कारले इलेक्ट्रिक कारले दिने रेन्जको कमीलाई केही हदसम्म कम गरेको छ ।

लाइटइयर ‘ओ’ इलेक्ट्रिक कारले आफ्नो डिजाइन र टेक्नोलोजीका कारण धेरैको ध्यान खिचेको छ । लाइटइयर ‘ओ’ वास्तवमा कम घाम लाग्ने देशमा ब्याट्री चार्ज नगरी ७ महिनासम्म ड्राइभ गर्न सक्ने अनुमान गरिएको छ । यो इलेक्ट्रिक कार नेदरल्याण्डमा २ महिना टिक्न सक्ने कम्पनीको विश्वास छ ।

सो इलेक्ट्रिक कारमा जडान गरिएको ५४ वर्ग फुट पेटेन्ट गरिएको डबल–कर्भ सोलार प्यानलबाट ब्याट्री चार्ज गर्छ । जसका कारण कार चलाउँदा पनि ब्याट्री चार्ज भइरहन्छ । ईभी निर्माताले लाइटइयर ‘ओ’ आफ्नै सौर्य शक्तिबाट ७० किलोमिटरसम्म चल्न सक्ने दाबी गरेको छ । यो प्रति वर्ष ११ हजार किमीसम्म चलाउन सकिन्छ ।

सोलार चार्जिङ बाहेक यो इलेक्ट्रिक कार फुल चार्ज ब्याट्रीमा ६२५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसमार्फत हाईवेमा ११० किलोमिटर प्रतिघन्टाको गतिमा ५६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । लाइटइयर ‘ओ’ लाई हाल विश्वको सबैभन्दा प्रभावकारी इलेक्ट्रिक कारको रूपमा दावी गरिएको छ ।

यो कार दैनिक ३५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसका लागि कारलाई घाममा पार्क गर्नुपर्छ, जसले गर्दा ईभीमा जडान गरिएको सोलार प्यानलबाट ब्याट्री चार्ज गर्न सकिन्छ । लाइटइयरले यो वर्षको अन्त्यमा ईभी उत्पादनमा जाने घोषणा गरेको छ । यसको डेलिभरी नोभेम्बर २०२२ मा सुरु हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरको अग्रता कायमै, एक महिनामा बिक्री गर्यो ७० हजार बढि कार

चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरको अग्रता कायमै, एक महिनामा बिक्री गर्यो ७० हजार बढि कार

काठमाडौं– चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा पनि आफ्नो...

दुर्घटनामा निओ ईभी भयो दुई टुक्रा, ब्याट्री र यात्रु सुरक्षित

दुर्घटनामा निओ ईभी भयो दुई टुक्रा, ब्याट्री र यात्रु सुरक्षित

चीनमा हालै भएको एक भयानक दुर्घटनामा निओ ईभी दुई टुक्रा भएको छ । डिसेम्बर १...

टाटाका विद्युतीय गाडी किन्न एनएमबि बैंकले न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने

टाटाका विद्युतीय गाडी किन्न एनएमबि बैंकले न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने

काठमाडौं – एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...