कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण
भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...
चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्षको अन्त्य सम्ममा युके बजारमा लन्च हुने भएका छन् । युकेको लागि आधिकारिक वितरकको रुपमा इनोभेसन अटोमोटिभले यी दुई ब्रान्ड बिक्रीका लागि उपलब्ध गराउने भएको हो ।
युकेमा सेरेस ३ सबैभन्दा कम मूल्यको इलेक्ट्रिक एसयूभी हुनेछ भने स्काइवेल बीई११ प्रिमियम मार्केटका लागि उपयुक्त हुनेछ ।
सेरेस सन् २०१७ मा स्थापना भएको कम्पनी हो । यसले उपलब्ध गराउने सेरेस ३ इलेक्ट्रिक कार एमजी जेडएस ईभी भन्दा कम मूल्यको हुनेछ ।
यसमा भएको १६१ बीएचपी मोटर, ५४ किलोवाट आवर ब्याट्री र २०५ माइल अफिसियल रेन्ज तोकिएको छ ।
नेपालमा सेरेस ३ उपलब्ध छ । नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ बिक्रीका लागि उपलब्ध गराएको छ ।
त्यसैगरी सन् २०१७ मै स्थापना भएको स्काइवेलले उत्पादन गरेको बीई११ चाहिं ईटी५ र ईभी६ को नामले समेत परिचित छ । नेपाली बजारमा समेत स्काइवेल ईटी५ हालै भित्रिएको छ । यसले २०१ बीएचपी पावर ३०४ माइलको रेन्ज दिन्छ ।
नेपाली बजारमा सबैभन्दा धेरै अर्थात ६२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक गाडी भनेर ईटी५ को चर्चा छ । नेपालमा जी मोटर्सले स्काइवेल ईटी५ बिक्रीका लागि उपलब्ध गराएको छ ।
सेरेस र स्काइवेल युकेको बजारमा यही वर्ष उपलब्ध हुने अपेक्षा गरिएका प्रमुख दुई ब्रान्ड बनेका छन् ।
भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...
काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका...
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...