चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्ष युकेमा लन्च हुने पक्का

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्षको अन्त्य सम्ममा युके बजारमा लन्च हुने भएका छन् । युकेको लागि आधिकारिक वितरकको रुपमा इनोभेसन अटोमोटिभले यी दुई ब्रान्ड बिक्रीका लागि उपलब्ध गराउने भएको हो ।

युकेमा सेरेस ३ सबैभन्दा कम मूल्यको इलेक्ट्रिक एसयूभी हुनेछ भने स्काइवेल बीई११ प्रिमियम मार्केटका लागि उपयुक्त हुनेछ ।

सेरेस सन् २०१७ मा स्थापना भएको कम्पनी हो । यसले उपलब्ध गराउने सेरेस ३ इलेक्ट्रिक कार एमजी जेडएस ईभी भन्दा कम मूल्यको हुनेछ ।

यसमा भएको १६१ बीएचपी मोटर, ५४ किलोवाट आवर ब्याट्री र २०५ माइल अफिसियल रेन्ज तोकिएको छ ।

नेपालमा सेरेस ३ उपलब्ध छ । नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ बिक्रीका लागि उपलब्ध गराएको छ ।

त्यसैगरी सन् २०१७ मै स्थापना भएको स्काइवेलले उत्पादन गरेको बीई११ चाहिं ईटी५ र ईभी६ को नामले समेत परिचित छ । नेपाली बजारमा समेत स्काइवेल ईटी५ हालै भित्रिएको छ । यसले २०१ बीएचपी पावर ३०४ माइलको रेन्ज दिन्छ ।

नेपाली बजारमा सबैभन्दा धेरै अर्थात ६२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक गाडी भनेर ईटी५ को चर्चा छ । नेपालमा जी मोटर्सले स्काइवेल ईटी५ बिक्रीका लागि उपलब्ध गराएको छ ।

सेरेस र स्काइवेल युकेको बजारमा यही वर्ष उपलब्ध हुने अपेक्षा गरिएका प्रमुख दुई ब्रान्ड बनेका छन् ।

सम्बन्धित समाचारहरू

नामीको नेपालमा अर्को उपलब्धि, १००० ईभी नेपाली सडकमा

नामीको नेपालमा अर्को उपलब्धि, १००० ईभी नेपाली सडकमा

काठमाडौं – नेपाली सडकमा १ हजार भन्दा बढी नामी ईभी गुड्न थालेका छन् । यही...

भल्भोले बन्द गर्यो डिजेल कारको उत्पादन, अन्तिम कारलाई संग्रहालयमा राखिने

भल्भोले बन्द गर्यो डिजेल कारको उत्पादन, अन्तिम कारलाई संग्रहालयमा राखिने

भल्भोले डिजेलबाट चल्ने कारको उत्पादन बन्द गरेको छ । स्विडेनी कार...

महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

भारतमा महिन्द्राको पहिलो स्पोर्ट्स युटिलिटी भेइकल ‘एक्सयूभी ४००’ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...