सेरेस र बाइटडान्स मिलेर ‘टिकटक’ कार बनाउने
चिनियाँ अटो निर्माता सेरेस र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको...
काठमाडौं– नाडा अटो शो २०२५ लाई अझ विशेष बनाउन सेरेसले मेला अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्री एक्स अफर ल्याएको छ । थ्रि एक्स अफरमा तीन प्रमुख फाइदाहरू समेटिएको कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत ३ वर्षको सम्पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा पुग्ने सुबिधा दिइएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
सेरेसको नेपालका लागि आधिकारिक वितकर एमएडब्लु बृद्धि मोटर्सका अनुसार, यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले सेरेस ब्राण्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने अवसर रहेको छ । सेरेस स्टलमा अवलोकनकर्ताले सेरेस एसयुभी हेर्न पाउनेछन् ।
आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस३ एक आधुनिक र सुबिधासम्पन्न एसयूभी हो । भविष्यको मोबिलिटीलाई आधार मानेर विकास गरिएको सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ ।
यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो । यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...