एमएडब्लु वृद्धि एक्सचेन्ज मेलाको आज अन्तिम दिन, ग्राहकको उत्साहकजनक सहभागिता
काठमाडौं– नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले गत...
काठमाण्डौ– सेरेस नेपालले ‘मनसुन एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । विहिबारदेखी सुरु भएको यस अफर अन्तर्गत ग्राहकले आफ्नो पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गरी सेरेस३ बिद्युयित एसयुभीमा अपग्रेड हुन पाउनेछन् ।
ग्राहकलाई दिगो र भविष्यमैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार पारिएको यस योजनमा सेरेसले ग्राहकलाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डष्ट्रिकै उत्कृष्ट मूल्य प्रदान गर्ने सुनिश्चित गर्नेछ ।
देशभरका सबै सेरेस शोरुममा असार १८ गतेसम्म चल्ने यस क्याम्पमा आकर्षक एक्सचेन्ज बोनस, अटो प्लस बीमा, प्रिमियम एसेसोरिज र विशेष नगद छुट लगायतका लाभहरु समावेश गरिएका छन् ।
आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ ।
नेपालमा यसको सेरेस३ मोडल निकै लोकप्रिय बनिरहेको छ भने यस ईभीले आफ्नो शक्ती र इन्जिनियरिङ उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४ हजार ४६० मिटर उचाइको कठिन कोरला नाका पार गरेर इतिहास रचेको छ ।
अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डो इलेक्ट्रिक भेइकल शो’ मा तीनवटा ‘बेस्ट ईभी’ अवार्ड जितेर त्यस क्षेत्रकै अग्रणी ईभी वनेको छ ।
सेरेस चीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एक हो । यी सफलता सँगै, सेरेसले नेपालको बढ्दो ईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वासपनि सँगै लिएर आएको नेपालका लागि आधिकारिक वितर एमएडब्लु बृद्धि मोटर्सले जनाएको छ ।
काठमाडौं– नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले गत...
काठमाडौं–चीनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत आफ्नो उत्पादन...
काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले २६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...