चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हङकङ डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ। कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो।

आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार कम्पनी सेरेसले करिब १०८.६ लाख कित्ता शेयर प्रति शेयर १३१.५० हङकङ डलरमा बिक्री गरेको बताएको छ। यसमा अतिरिक्त ८.४ लाख शेयर पनि समावेश छन्, जसले प्रस्तावित शेयर संख्यामा करिब ८.४ प्रतिशतले वृद्धि गर्‍यो।

लिस्टिंग मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२ प्रतिशत कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन्।

सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको ट्रेड बुधबारबाट सुरु हुनेछन्।

यो वर्ष हङकङमा सूचीकृत भएका १ अर्ब डलरभन्दा बढी रकम उठाउने यो आठौँ कम्पनी हो। हङकङमा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लुमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ।

सेरेसको स्थापना सन् १९८६ मा भएको हो। सुरूमा यसले स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः यसले आफूलाई इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गर्‍यो। हुवावेसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित हुँदैछ। ब्लुमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२ प्रतिशतले बढेर १०.२ अर्ब युआनको रेकर्डसम्म पुग्ने अपेक्षा छ।

सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका छन्।

सम्बन्धित समाचारहरू

१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण

१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण

एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर...

सुनरा इलेक्ट्रिक स्कुटरमा आयो सुनौलो मनसुन अफर, एउटै स्कुटरमा ६० हजार सम्म छुट

सुनरा इलेक्ट्रिक स्कुटरमा आयो सुनौलो मनसुन अफर, एउटै स्कुटरमा ६० हजार सम्म छुट

काठमाडौं – सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम...

डीएफएसके दशैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट देखि इलेक्ट्रिक स्कुटरसम्म उपहार

डीएफएसके दशैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट देखि इलेक्ट्रिक स्कुटरसम्म उपहार

काठमाडौं – डीएफएसकेको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...