सेरेसको शोरुम खुल्यो पोखराको नागढुंगामा, ग्राहकलाई गाडी हस्तान्तरण

पोखरा – विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थ ब्रान्ड बन्ने उद्देश्यका साथ पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको हो ।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने बताइएको छ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एमएडब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले शोरुमको उद्घाटन गरेका छन् । उक्त अवसरमा आ–आफ्नो धारणा राख्दै उनीहरुले सेरेसको उपस्थितिसँगै पोखरामा विद्युतीय गाडीको माग बढ्ने र सेरेस लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

शोरुम उद्घाटनको अवसरमा २ जना ग्राहकलाई थापा मोटर्सले सेरेस ईभी हस्तान्तरण गरेको छ । उनीहरुलाई सेरेस थ्री र मिनी ईभी हस्तान्तरण गरिएको हो ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवावेसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको कम्पनीको भनाइ छ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ।

सेरेस हुवावेको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराएको छ । सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरिएन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सनमा उपलब्ध छ, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ९९ हजार र १७ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी

बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी

काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका...

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

इकोविट स्कुटर खरिद गर्दा १५ हजारसम्म नगद छुट, फाइनान्स र एक्सचेन्ज सुविधा पनि

काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...