कियाको बिक्रीमा १०.३ प्रतिशतले उछाल, फेब्रुअरीमा २७ हजारभन्दा बढी कार बिक्री
किया इन्डियाले सन् २०२६ को फेब्रुअरी महिनामा उल्लेखनीय बिक्री वृद्धि...
कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम ‘केवाई’ राखेको छ । कम्पनीले यसको प्रोडक्सन भर्सनलाई आगामी डिसेम्बर १६ मा सार्वजनिक गर्ने खुलासा गरेको छ ।
भारतका विभिन्न स्थान तथा दक्षिण कोरियामा अवस्थित कम्पनीको फ्यासिलिटीमा समेत धेरै पटक यो एसयूभी परीक्षण गरिरहेको देखिइसकेको छ । कियाले हाल नेपाली बजारमा समेत उपलब्ध गराइरहेको सेल्टोस, सोनेट र कार्निभल पश्चात केवाईले अर्को धमाका गर्ने विश्वास गरिएको छ ।
कियाले आधिकारिक रुपमा यो एसयूभीको वारेमा जानकारी प्रदान गरेको छैन । यद्यपि केही तथ्यहरु मिडियाले सार्वजनिक गरेका छन् ।
क्रसओभर जस्तै स्टाइल
प्रोडक्सन स्पेक किया केवाईले बोल्ड सुट फलो गर्नेछ । परीक्षण गरिएको गाडी हेर्दा यसको डिजाइन सेल्टोस जस्तो र आउटलाइन २०२२ कार्निभल जस्तो देखिन्छ । यसमा थप सुविधाको रुपमा अपराइट बोनट हुने आशा गरिएको छ । ड्यासबोर्ड पनि आधुनिक हुनेछ । त्यसैरी थ्र्री रो सिटिङ हुनेछ र ६ वा ७ जना बस्न सकिने छ ।
क्यारेन नाम हुने सम्भावना
कियाले यो भन्दा पहिले क्यारेन नाम गरेको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा केवाई कोडनेमलाई आगामी दिनमा क्यारेन नाम दिइने सम्भावना देखिन्छ ।
टाइमलाइन
डिसेम्बर १६ मा लन्च भए पश्चात २०२२ को पहिलो त्रैमासमा यो बजारमा बिक्रीका लागि उपलब्ध हुन सक्छ । नेपाली बजारमा पनि त्यसको केही समयमै उपलब्ध हुने सम्भावना रहन्छ ।
सम्भावित मूल्य
किया सेल्टोसकै पावरट्रेन यसमा प्रयोग हुने अनुमान गरिएको छ । यसका आधारमा यसको मूल्य पनि सेल्टोसकै हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
प्रतिस्पर्धा
मारुती सुजुकी अर्टिगा, महिन्द्रा मराजो, सुजुकी एक्सएल६ र हुन्डाई अल्काजार आदिसँग यसको प्रतिस्पर्धा हुनेछ । यो क्लासमा किया केवाई सबैभन्दा उपयोगी थर्ड–रो भेइकल हुने धेरैले रिपोर्ट गरेका छन् ।
उनले यो कारलाई ठूला पारिवारिक कारका हिसाबले डिजाइन गरिएको बताउनुभयो । सो कार ६–७ सिटर मात्रै नभएको नयाँ सेग्मेन्ट बनाउने कम्पनीले जानकारी दिइएको छ ।
किया इन्डिया तीव्र गतिमा बढिरहेको कार उत्पादक मध्ये एक हो । भारतीय बजारमा प्रवेश गरेको दुई वर्षभन्दा कम अवधिमा कम्पनीले ३ लाख बिक्रीको अंक पार गरेको छ । कम्पनीले यही वर्षको जुलाईमा यो सफलता हासिल गरेको हो ।
किया इन्डियाले सन् २०२६ को फेब्रुअरी महिनामा उल्लेखनीय बिक्री वृद्धि...
यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...
दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...