बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – प्रोटोन एक्स५० नेपाली बजारमा आगामी मार्च २३ अर्थात चैत ९ गते औपचारिक रुपमा लन्च गरिने भएको छ । मलेसियन कम्पनी प्रोटोनको तेस्रो मोडलको रुपमा सो एसयूभी नेपाली बजारमा भित्रिसकेको भए पनि औपचारिक रुपमा लन्च हुन भने बाँकी छ । यसको बुकिङ भने खुला भइसकेको छ ।
नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चारकर्मीहरुका लागि आयोजना गरेको इन्सिपिरेसन ड्राइभमार्फत सो गाडीमा भएका विभिन्न फिचरको जानकारी दिएको छ ।
नेपाली बजारमा सो एसयूभी स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । भेरिएन्ट अनुसार यसको मूल्य ७१ लाख ९९ हजार, ७९ लाख ९९ हजार र ८४ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन उपलब्ध भए पनि यसमा भएका अत्याधुनिक फिचर र पर्फमेन्सका कारण प्रोटोन एक्स५० ले फरक पहिचान कायम गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
अंग्रेजी शब्द स्पोर्टमा प्रयोग भएका अल्फाबेट एस, पी, ओ, आर र टीबाट प्रोटोनले यो गाडीमा भएका विशेषतालाई परिभाषित गरेको छ । एस अर्थात स्टाइलिस डिजाइन यो गाडीको विशेषता हो । यसमा भएको ड्युअल टोन एक्सटेरियर, फुल एलईडी हेडल्याम्प, १८ इन्च अलोय ह्विल आदि छ भने गाडी अनलक गर्दा शुरुमा वेलकम गर्ने फ्रन्ट वेलकम ल्याम्प छ । पछिल्लो भागमा रहेको क्वाड एक्जस्ट पाइपले स्पोर्टी फिनिस दिएको छ ।
त्यसैगरी ड्युअल टोन इन्टेरियर, प्यानोरामिक सनरुफ, एलसीडी मिटर कम्बिनेसन, फ्लोटिङ फ्लोर कन्सोल आदिका कारण यो गाडी निकै नै स्टाइलिस छ ।
पी अर्थात पावरफुल पर्फमेन्स यसको अर्को विशेषता हो । रिमोट इन्जिन स्टार्ट नेपाली बजारमा उपलब्ध गाडी मध्ये पहिलो विशेषता हो । यसलाई रिमोटको सहायताले गाडी भित्र प्रवेश नगरी वाहिरबाटै स्टार्ट गर्न सकिन्छ र एसी समेत अन हुन्छ ।
त्यसैगरी इलेक्ट्रिक पार्किङ ब्रेक र अटो ब्रेक होल्ड अर्को विशेषता हो । पार्किङ गर्ने स्थानमा पार्किङ गर्नका लागि पार्किङ ब्रेक लगाउदा गाडी अटोमेटिक रुपमा पार्किङ भएर बस्छ र पार्किङ कार्य सम्पन्न भए पश्चात ब्रेक होल्ड हुन्छ । यो पनि गाडीमा भएको नयाँ र आकर्षक विशेषता हो ।
यो गाडीलाई नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । यो गाडी म्यानुअल र अटोमेटिक दुवै मोडमा चलाउन सकिन्छ । म्यानुअल मोडमा ७ स्पिड ड्युअल क्लच ट्रान्समिसन छ ।
यसको माथिल्लो भर्सन अर्थात फ्ल्यागसिप भेरिएन्टमा १.५ लिटर टीजीडीआई इन्जिन छ, जसले १७७ पीएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी स्ट्यान्डर्ड र प्रिमियम भेरिएन्टमा रहेको इन्जिनले १५० पीएस पावर र २२६ एनएम टर्क जेनेरेट गर्छ ।
ओ अर्थात आउटस्ट्यान्डिङ सेफ्टी यसमा उपलब्ध छ । सुरक्षाका लागि यसमा ६ एसआरएस एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी) र अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एईबी) छ । अगाडि कुनै गाडी वा कुनै वस्तुसँग ठोकिने सम्भावना भएमा यसले स्वचालित रुपमा ब्रेक लगाउछ । त्यसैगरी गाडीमा एड्याप्टिभ क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट क्रुज कन्ट्रोल (आईसीसी) छ । यसले गाडीलाई कुनै निश्चित गतिमा सेट गर्न र लेन भन्दा बाहिर गएमा सेन्टर लेनमै गुड्ने बनाउछ ।
यसमा भएको इन्टेलिजेन्ट हाई बिम कन्ट्रोलले अगाडि गाडी आइरहेको समयमा र अन्य अवस्थामा अटोमेटिक रुपमा बिमलाई लो अथवा हाई गराउछ । त्यसैगरी टायरमा भएको प्रेसरको जानकारी दिने टायर प्रेसर मोनिटरिङ सिस्टम, पार्किङ गर्न सहयोग गर्ने अटो पार्क असिस्ट, चारैतिरको अवस्थिति देखाउने ३६० क्यामेरा आदि यसमा भएको महत्वपूर्ण सुरक्षात्मक फिचर हुन् ।
आर अर्थात रिभोलुसनरी कनेक्टिभिटी यसको अर्को महत्वपूर्ण विशेषता हो । प्रोटोन लिंक एपको प्रयोग गरी गाडीको इन्जिन स्टार्ट गर्न र एयर कन्डिसनिङ कन्ट्रोल गर्न सकिन्छ । यसमा भएको १०.२५ इन्चको इन्फोटेनमेन्ट हेड युनिटमा विभिन्न जानकारी उपलब्ध हुन्छ ।
भ्वाइस कमान्ड यसमा भएको महत्वपूर्ण विशेषता हो । ‘हाइ प्रोटोन’ उच्चारण गरेर आवश्यकता अनुसार विन्डो खोल्न, सनरुफ खोल्न, म्युजिक बजाउन, अनलाइन नेभिगेसन गर्न आदि विभिन्न कमान्ड दिएमा यसले सहज तरिकाले सबै काम गर्छ । यो गाडीमा भएको भ्वाइस कमान्ड महत्वपूर्ण विशेषता हो ।
इन्फोटेनमेन्ट हेड युनिटलाई आफ्नो स्मार्टफोनसँग कनेक्ट गरी फोन गर्ने र अन्य विभिन्न फिचर प्रयोग गर्न सकिन्छ । त्यसैगरी मोबाइल चार्ज गर्नका लागि अघिल्लो भागमा एक पछिल्लो भागमा दुई युएसबी पोर्ट उपलब्ध छ ।
टी अर्थात टोटल कम्फर्ट यसको अर्को विशेषता हो । एड्जस्ट गर्न मिल्ने ड्राइभर र प्यासेन्जर सिट, रियर एसी भेन्ट, अटोमेटिक रेन सेन्सिङ वाइपर आदिका कारण गाडी थप सुविधाजनक बनेको छ ।
यस्ता विभिन्न विशेषताका साथ उपलब्ध हुने गाडीको औपचारिक बुकिङ भने जगदम्बा मोटर्सले खुला गरिसकेको बताएको छ । नेपाली बजारमा यो भन्दा पहिले प्रोटोन सागा र एक्स७० उपलब्ध गराइरहेको जगदम्बा मोटर्सले अब एक्स५० समेत उपलब्ध गराउने भएको हो । नेपाली बजारमा उपलब्ध एक मात्र मलेसियन ब्रान्डको रुपमा प्रोटोन गाडी उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...