डिजेल कन्टेनरभन्दा इलेक्ट्रिक कन्टेनर चलाउँदा वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने दाबी
काठमाडौं – विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको...
नेपाली बजारमा सेगवेको नयाँ स्कुटर ई११० बिक्रीका लागि हालै उपलब्ध भएको छ । नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले गत असोज ६ देखि ९ गते सम्म चलेको नाडा ईभी एक्सपोमा यो स्कुटर सार्वजनिक गरेको थियो ।
यसमा २७ लिटरको बुट स्पेस छ । यसमा ७२भोल्ट २४ एएचको लिथियम आयोन ब्याट्री छ । यसलाई ६ देखि ७ घण्टा भित्रमा फुल चार्ज गर्न सकिन्छ । फुल चार्ज गर्दा यसबाट ६० देखि ११० किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । यसका लागि तीन ड्राइभिङ मोड प्रयोग गर्न सकिन्छ । यो स्कुटरमा २.४ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टर्क भने ८८ एनएम छ ।
यसमा भएको अर्को महत्वपूर्ण फिचर ‘सिट सेन्सर’ हो । राइडर सिटमा बसेपछि मात्र स्कुटरलाई गुडाउन सकिन्छ । त्यसैगरी अन्य इलेक्ट्रिक स्कुटरमा जस्तै यसमा पनि साइड स्ट्यान्ड सेन्सर छ । स्ट्यान्ड माथि राखेपछि मात्र यसलाई स्टार्ट गर्न सकिन्छ ।
यो स्कुटरमा क्रुज कन्ट्रोल, हाजार्ड लाइट र एन्टी थेफ्ट लक सिस्टम पनि छ । स्कुटरलाई रिमोटबाटै अन वा अफ गरेको अवस्थामा ह्यान्डिललाई घुमाउदा यसको ह्यान्डिल पनि अटो लक हुन्छ । यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा सेग्वेको ई१०० र ई१२५ मोडलका स्कुटर पनि उपलब्ध छन् । ई१०० को मूल्य २ लाख ९१ हजार र ई१२५ को मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।
सेग्वेका इलेक्ट्रिक स्कुटरमा दसैं तिहार अफरको रुपमा १० हजार नगद छुट, अमाजफिट ब्यान्ड ५, नामसारी खर्च छुट, एक वर्षको इन्स्योरेन्स छुट। सडक कर छुट र निःशुल्क हेल्मेट उपलब्ध हुन्छ । यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट ब्यान्ड तथा स्मार्ट फोनहरु जित्न सकिने योजना छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...