नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा चार नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा सेग्वे

काठमाडौं – नेपालका लागि सेग्वे नाइन बोट इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आई हब प्रालिले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ मा सेग्वेका चार नयाँ मोडल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने सो पाँचदिने एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार, यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडलहरूमा दुई ई–स्कुटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन्। यी मोडलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको बताइएको छ ।

‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–आवर ब्याट्री रहेको छ, जसले अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ र ७५ देखि १२० किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–आवर ब्याट्री रहेको छ, जसले ७० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० किलोमिटर सम्मको रेन्ज दिनेछ।

‘सेग्वे जाइबर ई–बाइक’मा ३००० वाट हब मोटर र १४४० वाट–आवर लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ किलोमिटर प्रतिघण्टा गति लिन सक्छ र ७७ किलोमिटर सम्म चल्न सक्छ। यो मोडल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’मा ७५० वाट मोटर, ९३६ वाट–आवर ब्याट्री रहेको छ, जसले अधिकतम ३२ किलोमिटर प्रतिघण्टा गति लिन सक्छ र ५८ किलोमिटर सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको बताइएको छ।

यी चार मोडलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको कम्पनीले बताएको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ।

यी मोडलको मूल्य र उपलब्धताको जानकारी भने एक्सपोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरू

सनलङको इलेक्ट्रिक कार्गो पिकअप अब नेपालमा

सनलङको इलेक्ट्रिक कार्गो पिकअप अब नेपालमा

काठमाडौं – सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु...

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...