आईपीएल २०२५ मा शतक प्रहार गरेका वैभव सूर्यवंशीलाई मर्सिडिज बेन्ज उपहार
आईपीएल २०२५ मा सोमवार जयपुरमा भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको...
काठमाडौं - काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जहरसिङ पौवामा एसियाकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा बन्ने यो जिपलाइनको असोज २१ गते शिलान्यास भएको यसका प्रवर्द्धमध्येका एक नवीन हुमागाईंले जानकारी दिएका छन् ।
शंखरापुर नगरपालिकाकाले मणिचुडदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाइन बन्न लागेको हो । उक्त जिपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाइन भएको सञ्चालकको दाबी छ ।
मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मिक कुण्ड रहेको उनको भनाई छ । त्यस्तै धार्मिक र अन्य रमणिय क्षेत्रलाई जोड्न सडकमार्गको उस्तरोन्ती गरिने उनले बताए ।
मणिचुड-जहरसिङ जिपलाइन नाम दिइएको यो परियोजना हाल निर्माणाधीन अवस्थामा रहेको 'जहरसिङ रिसोर्ट' कै संचालकहरुको मुख्य लगानीमा बन्न लागेको हो। यसको कुल लगानी कम्तिमा ६ करोडदेखि ८ करोड रुपैयाँ हाराहारी हुने हुमागाईंको भनाइ छ। जिपलाइन निर्माणको जिम्मा ओम क्वालिटी फाइबर नामको कम्पनी दिइएको उनले बताए।
यो जिपलाइनले मणिचुडको धार्मिक क्षेत्र र जहरसिङको पर्यटकीय क्षेत्रलाई जोड्ने विश्वास लिइएको छ। साथै यस परियोजनाले यो क्षेत्रको समग्र पर्यटनलाई प्रवर्द्धन गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने यसका प्रवर्द्धकहरुको भनाइ छ। जहरसिङ रिसोर्टका सात सचालकबाहेक अन्य १४ जनाको संयुक्त लगानीमा यो जिपलाइन बन्न लागेको हो, जसमध्ये अधिकांश लगानी रिसोर्ट संचालकहरुकै रहेको बताइएको छ।
हालसम्म संचालनमा आएकामध्ये एसियाको लामो जिपलाइन खाडी मुलुक दुबईमा रहेको छ, जसको लम्बाई ३२०० मीटर रहेको हुमागाईं बताउँछन्।
आईपीएल २०२५ मा सोमवार जयपुरमा भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको...
नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि...
रातको समयमा सवारी सञ्चालन गर्नु आफैंमा एउटा चुनौती हो । दिनको उज्यालोमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...