यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

दक्षिण कोरियामा चलिरहेको सोल मोबिलिटी शोमा सेकेन्ड जेनेरेसन किया निरो ईभी सार्वजनिक गरिएको छ । पहिलेको तुलनामा बोल्ड लुकका साथ उपलब्ध निरो ईभी सन् २०१९ मा प्रस्तुत गरिएको हाबानिरो कन्सेप्टबाट प्रेरित छ । यसका लागि सिग्नेचर ‘टाइगर नोज’ ग्रिललाई फेरि डिजाइन गरिएको छ । अब यो हुडको तल्लो भागमा फेन्डर सम्म फैलिएको छ । यसमा ‘हार्टबिट’ एलईडी डे टाइम रनिङ लाइट पनि उपलब्ध छ ।

समग्रमा नयाँ निरो एक स्टाइलिस र बोल्ड क्रसओभर लुक तथा हाई टेक टु टोन बडीका साथ उपलब्ध छ । पछिल्लो भागमा बुम¥याङ आकारको रियर टेललाइट छ ।

यसको इन्टेरियर किया ईभी६ बाट प्रेरित छ । यसमा दुई भागमा विभाजित ड्युअल स्क्रिन छ । तल्लो भागको बीचमा ग्लसी ब्ल्याक एक्सेन्टका साथ फ्लोटिङ सेन्टर कन्सोल र इलेक्ट्रोनिक गियरसिफ्ट ह्विल दिइएको छ । भित्री भागमा भएको एम्बिएन्ट लाइटिङले मुड राम्रो बनाउन सहयोग गर्छ ।

यसमा भएको ग्रीन जोन ड्राइभिङ मोडमार्फत स्वचालित रुपमा हाइब्रिडबाट इलेक्ट्रिकमा स्विच हुन सकिन्छ ।

कियाले निरोको इन्जिन वारेमा भने जानकारी सार्वजनिक गरेको छैन । यद्यपि यो एसयूभ हाइब्रिड, प्लग इन हाइब्रिड वा इलेक्ट्रिक भर्सनमा आउने सम्भावना छ । यो कार आगामी वर्षको मध्य पश्चात अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा हाल उपलब्ध किया निरो ईभी निकै नै रुचाइएको इलेक्ट्रिक कार मध्ये एक हो । नयाँ जेनेरेसन निरो ईभीलाई आगामी दिनमा यहाँ पनि धेरैले रुचाउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा आउने, एमएडब्लु वृद्धि आधिकारिक वितरक

चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा आउने, एमएडब्लु वृद्धि आधिकारिक वितरक

काठमाडौं – चाङ्गन अटो ग्रुपले नेपाली बजारमा प्रवेश गने औपचारिक निर्णय...

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्जलाई लिएर डव्लुएलटिपी र एआरएआईको दावी वाझिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...