यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

दक्षिण कोरियामा चलिरहेको सोल मोबिलिटी शोमा सेकेन्ड जेनेरेसन किया निरो ईभी सार्वजनिक गरिएको छ । पहिलेको तुलनामा बोल्ड लुकका साथ उपलब्ध निरो ईभी सन् २०१९ मा प्रस्तुत गरिएको हाबानिरो कन्सेप्टबाट प्रेरित छ । यसका लागि सिग्नेचर ‘टाइगर नोज’ ग्रिललाई फेरि डिजाइन गरिएको छ । अब यो हुडको तल्लो भागमा फेन्डर सम्म फैलिएको छ । यसमा ‘हार्टबिट’ एलईडी डे टाइम रनिङ लाइट पनि उपलब्ध छ ।

समग्रमा नयाँ निरो एक स्टाइलिस र बोल्ड क्रसओभर लुक तथा हाई टेक टु टोन बडीका साथ उपलब्ध छ । पछिल्लो भागमा बुम¥याङ आकारको रियर टेललाइट छ ।

यसको इन्टेरियर किया ईभी६ बाट प्रेरित छ । यसमा दुई भागमा विभाजित ड्युअल स्क्रिन छ । तल्लो भागको बीचमा ग्लसी ब्ल्याक एक्सेन्टका साथ फ्लोटिङ सेन्टर कन्सोल र इलेक्ट्रोनिक गियरसिफ्ट ह्विल दिइएको छ । भित्री भागमा भएको एम्बिएन्ट लाइटिङले मुड राम्रो बनाउन सहयोग गर्छ ।

यसमा भएको ग्रीन जोन ड्राइभिङ मोडमार्फत स्वचालित रुपमा हाइब्रिडबाट इलेक्ट्रिकमा स्विच हुन सकिन्छ ।

कियाले निरोको इन्जिन वारेमा भने जानकारी सार्वजनिक गरेको छैन । यद्यपि यो एसयूभ हाइब्रिड, प्लग इन हाइब्रिड वा इलेक्ट्रिक भर्सनमा आउने सम्भावना छ । यो कार आगामी वर्षको मध्य पश्चात अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा हाल उपलब्ध किया निरो ईभी निकै नै रुचाइएको इलेक्ट्रिक कार मध्ये एक हो । नयाँ जेनेरेसन निरो ईभीलाई आगामी दिनमा यहाँ पनि धेरैले रुचाउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं – एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा...

एनआईयू इलेक्ट्रिक स्कुटरमा अब ४ वर्ष वारेन्टी (मूल्य र फिचर सहित)

एनआईयू इलेक्ट्रिक स्कुटरमा अब ४ वर्ष वारेन्टी (मूल्य र फिचर सहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध एनआईयू इलेक्ट्रिक स्कुटरमा ४ वर्ष...

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...