नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ हात पारेको छ । ग्लोवल एनक्यापको नयाँ प्रोटोकलमा आधारित उक्त टेष्टमा यो नयाँ एसयूभीले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा सो रेटिङ पाएको हो । चाइल्ड अकुपेन्सि टेष्टमा भने यसले जम्मा थ्री स्टार रेटिङ पाएको छ ।

६ महिनाअघि नेपाली बजारमा सार्वजनिक भएको यो एसयूभीको बिक्री नेपाल सरकारले लगाएको आयत प्रतिवन्धका कारण हुन सकिरहेको थिएन । पुष १ गतेबाट सो प्रतिवन्ध हट्ने निर्णय भएसंगै अवको केही समयपछि यसको बिक्री शुरु हुने आँकलन गरिएको छ ।

नयाँ डिजाइन थिममा तयार भएको स्कर्पियो एनमा कम्पनीले ट्विन पिक लोगो दिएको छ । कारको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध गराइएको छ ।

यो एसयूभीको फ्रन्टको बम्परलाई फग ल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।

यसमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल दिइएको छ । स्कोर्पियो–एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर सामेल गरिएका छन् ।

स्कोर्पियो–एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्म रेष्टसहित उपलब्ध छ । यो एसयूभी २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

अब महिन्द्रा एक्सयूभी ४०० ईभी फेसलिफ्टको लागि तयारी हुँदै, नेपालमा परीक्षण चल्दै

अब महिन्द्रा एक्सयूभी ४०० ईभी फेसलिफ्टको लागि तयारी हुँदै, नेपालमा परीक्षण चल्दै

महिन्द्राले एक्सयूभी ३एक्सओ लन्च गरेपछि एक्सयूभी ४०० ईभीको फेसलिफ्ट...

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

काठमाडौँ – सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो...

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...