स्कर्पियो क्लासिकको वोस एडिसन सार्बजनिक, के छ नयाँ ?

काठमाडौं– भारतिय एसयूभी जायन्ट महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो क्लासिकलाई नयाँ एडिसनमा उतारेको छ । कम्पनीले स्कर्पियो क्लासिकको बोस एडिसन लन्च गरेको हो । सो नयाँ एडिसनको इन्टेरियर र एक्सटेरियरमा एसेसोरिज थप गरी अपग्रेड गरिएको छ ।

एसयूभीको नयाँ एडिसनमा ब्ल्याक कलर थिम दिइएको छ । यसको फ्रन्ट ग्रिल र फग ल्याम्प हाउजिङलाई पुरै कालो रङमा सजाइएको छ भने बोनेट स्कुप, रियर क्वार्टर ग्लास, हेडल्याम्प र टेलल्याम्पमा समेत ब्ल्याक क्रोम दिइएको छ ।

साथै सो नयाँ एडिसनमा महिन्द्राले रेन भाइजर, फ्रन्ट स्किड प्लेट, ब्ल्याक कलरको रियर गार्ड र रियर भ्यू क्यामेरा थप गरेको छ । इन्टेरियरमा खासै ठूलो परिवर्तन नगिरएपनि ब्ल्याक सिट अपहोलेस्ट्रि र कम्फर्टका लागि कुशन र नेक पिल्लो भने थप गरिएको छ ।

स्कर्पियो क्लासिकमा महिन्द्राले २.२ लिटर क्षमताको फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १३२ एचपी पावर र ३०० एनएम टर्क जनेरेट गर्दछ । रियर ह्विल ड्राइभ भएको यसमा ६ स्पिड म्यानुअल गियरवक्स पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा थार अव ईभीमा पनि आउने, १५ अगष्टमा कन्सेप्ट सार्वजनिक हुने

महिन्द्रा एन्ड महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारलाई इलेक्ट्रिक...

महिन्द्राका पुराना प्रमाणित गाडी अब पोखरामा पनि किन्न पाइने, खुल्यो अग्नि आस्था शोरुम

महिन्द्राका पुराना प्रमाणित गाडी अब पोखरामा पनि किन्न पाइने, खुल्यो अग्नि आस्था शोरुम

पोखरा – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले पूर्व–स्वामित्व भएका...

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

महिन्द्राले अब बजारमा ल्याउने नयाँ एसयूभीको नाम स्कोर्पियो–एन हुनेछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...