भक्तपुरमा अनियन्त्रित भएर पल्टियाे स्कर्पियाे, ८ घाइते 

काठमाडौँ - भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटनामा परेको छ । 

तीव्र गतिका कारण आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

प्रहरीका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार गुण्डुतर्फ जाने क्रममा मोडमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको थियो । त्यसक्रममा गाडीमा सवार ८ जना घाइते भएका थिए ।

घाइते हुनेहरूमा भक्तपुर कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र आशिष अछामी छन् ।

गाडी अनियन्त्रित भएका बेला विपरीत दिशाबाट आइरहेको मोटरसाइकल समेत पल्टिएको सीसीटीभी फुटेजमा देखिन्छ । प्रारम्भिक जाँचमा उनले गाडी नियन्त्रित भएको देखेपछि आफूलाई बचाउन छेउतिर मोटरसाइकल लगाएको देखिएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता...

महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को...

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

महिन्द्राले अब बजारमा ल्याउने नयाँ एसयूभीको नाम स्कोर्पियो–एन हुनेछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...