लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौँ - भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटनामा परेको छ ।
तीव्र गतिका कारण आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार गुण्डुतर्फ जाने क्रममा मोडमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको थियो । त्यसक्रममा गाडीमा सवार ८ जना घाइते भएका थिए ।
घाइते हुनेहरूमा भक्तपुर कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र आशिष अछामी छन् ।
गाडी अनियन्त्रित भएका बेला विपरीत दिशाबाट आइरहेको मोटरसाइकल समेत पल्टिएको सीसीटीभी फुटेजमा देखिन्छ । प्रारम्भिक जाँचमा उनले गाडी नियन्त्रित भएको देखेपछि आफूलाई बचाउन छेउतिर मोटरसाइकल लगाएको देखिएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...