बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – मोटरहेडको एमएच २०० बाइक किन्न चाहनेहरुका लागि आकर्षक स्किम उपलब्ध छ ।
नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले हालको अवस्थामा ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम लागू गरेको छ ।
यस अन्तर्गत मोटरहेडका अन्य बाइकका अतिरिक्त एमएच २०० बाइक खरिद गर्न सकिन्छ । हाल नेपाली बजारमा सो बाइकको मूल्य ३ लाख ७२ हजार रुपैयाँ तोकिएको छ ।
सो बाइक किन्ने ग्राहकले हालको स्किम अन्तर्गत सिधै १५ हजार रुपैयाँ छुट पाउने छन् । त्यसैगरी यो आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बिमा पनि गराइने छ ।
डर्ट बाइक सेगमेन्टमा नेपाली बजारमा उपलब्ध यो अर्को बाइक हो । नगद पुरै नबुझाएर फाइनान्समा लिन चाहनेहरुले कमसेकम ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाउनु पर्नेछ । बाँकी रकम फाइनान्स गर्न सकिने छ । फाइनान्सका लागि आवश्यक व्यवस्थाका लागि कम्पनी आफैले समेत पहल गर्ने बताएको छ ।
कार्बुरेटर इन्जिन रहेको सो मोटरसाइकलले १६ एचपी पावर र १७ एनएम टर्क जेनेरेट गर्छ । ओडोमिटर र टेकोमिटर डिजिटल रहेको यो बाइकमा ट्रिपमिटर पनि दिइएको छ ।
चीनमा बनेको एमएच २०० बाइकमा १२ लिटर क्षमताको इन्धन ट्याङकी छ । यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
एलइडी हेडलाईट रहेको बाइकको ग्राउन्ड क्लियरेन्स २६० एमएम रहेको छ भने हाइड्रोलिक ब्रेकिङ सिस्टम दिइएको छ ।
बाइकको अगाडि इन्भर्टेड सस्पेन्सन दिइएको छ भने, पछाडि मोनोसक दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक भएकोे उक्त बाइकले युवा पुस्ताको मन जित्ने कम्पनीले दाबी गरेको छ ।
यसको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...