नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

काठमाडौँ–नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब स्थानीय उत्पादन र बलियो आपूर्ति शृंखलासँग जोड्दै आगामी ५ देखि १० वर्षभित्र ‘मेक इन नेपाल’बाट पूर्ण रूपमा ‘मेड इन नेपाल’को दिशामा लैजान सकिने उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले बताएका छन् ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित विशेष संवाद कार्यक्रममा बोल्दै उनले औद्योगिकीकरणको पहिलो चरण पार गर्दै अब देशभित्रै पार्टपुर्जा तथा डोमेस्टिक मटेरियल कन्टेन्टको उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

नेपालमा हाल चारपांग्रेतर्फ हुन्डाई र दुईपांग्रेतर्फ धेरैजसो प्रमुख ब्रान्डका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुन थालेका छन् । तर, एसेम्ब्ली उद्योग स्थापना हुनु औद्योगिकीकरणको सुरुवात मात्र भएकाले यसलाई पूर्णता दिन आवश्यक पार्टपुर्जाको स्थानीय उत्पादन बढाउनुपर्ने ज्योतीको भनाई छ । यसका लागि सरकारले स्पष्ट समयसीमा निर्धारण गर्दै दीर्घकालीन र स्थिर औद्योगिक नीति ल्याउनुपर्ने आवश्यकता उनले औँल्याए ।

नेपालको अर्थतन्त्र र सरकारी राजस्वमा अटोमोबाइल क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गर्दै उनले जीडीपीमा यस क्षेत्रले करिब ७ प्रतिशत योगदान पु¥याउनुका साथै वार्षिक करिब ८९ अर्ब रुपैयाँ राजस्व दिइरहेको जानकारी दिए । साथै, कुल रोजगारीको ८६ प्रतिशत र जीडीपीको ८२ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रका उद्यमीलाई उचित सम्मान र लगानीको सुरक्षा दिन सके देशको अर्थतन्त्रले आगामी दशकमा ठूलो फड्को मार्ने विश्वास उनले व्यक्त गरे ।

स्वच्छ ऊर्जा र वातावरणीय सन्तुलनका सन्दर्भमा बोल्दै ज्योतीले विद्युतीय सवारीको प्रवद्र्धनका साथै पेट्रोलमा इथानोल मिसाउने सरकारी नीतिको स्वागत गरे । इथानोलको प्रयोग बढाउन सके स्थानीय स्रोतको उपयोग हुनुका साथै इन्धन आयातमा बाहिरिने ठूलो धनराशी रोक्न सकिने उनले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...