तपाईको बाइकमा इन्जिन किल स्विच छ ? यसरी गर्नुस् प्रयोग, नत्र समस्या आउन सक्छ
आधुनिक बाइकमा कम्पनीले इन्जिन किल स्विच दिइरहेका छन् । इन्जिन किल स्विच...
काठमाडौं – नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ ।
भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र समर्थनमा गत शुक्रबार एक कार्यक्रमका बीच सो लन्चिङ कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोसका कन्ट्री हेड रितुन्च गुप्ताले सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारी साधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताए ।
गुप्ताले आगामी दिनमा सबै प्रदेश स्तरमा समेत यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताए । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरहरुको कार्यमा सहयोग पुग्ने अपेक्षा उनले गरे ।
सो कार्यक्रममा केही दुई पांग्रे सवारी साधनका ग्राहकको समेत उपस्थिति थियो । उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपको वारेमा समेत जानकारी आदानप्रदान गरिएको थियो ।
क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोस (Bosch, Hella,Tenneco ,Valeo, Compo, ZF, TALBROS) जस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरुका जेन्युइन पार्ट्स नम्बर उपलब्ध छन् ।
नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेइकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको बताएको छ ।
आधुनिक बाइकमा कम्पनीले इन्जिन किल स्विच दिइरहेका छन् । इन्जिन किल स्विच...
पुश स्टार्ट स्टप सिस्टम अधिकांश आधुनिक कारहरूमा सामान्य सुविधा जस्तै...
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३२ मा चालकले आफूले चलाइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...