बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चारवटै ठूला पांग्रा तर मोटरसाइकल । पहिलोपटक झट्ट देख्दा नौलो दृश्य देखिने क्वाड बाइक नेपालमा पनि सुरु भएको छ । आन्तरिक पर्यटकको हब बन्दै गएको चित्लाङमा युवा व्यवसायीहरुले क्वाड बाइक राइड सुरु गरेका हुन् ।
द एडभेन्चर गियर्स प्रालिले चित्लाङ रिसोर्टको सहकार्यमा क्वाड बाइक नेपालमा सुरु गरेको हो । विदेशतिर मरुभूमीमा यात्रा गर्नका लागि प्रचलित रहेको क्वाड बाइक यतिबेला नेपाली युवापुस्ताको रोजाईमा पर्न थालेको छ ।
द एडभेन्च गियर्स प्रालिका कार्यकारी निर्देशक बलराम महर्जनसहित ५ जनाको टोली इन्डोनेसियाको बाली घुम्न गएका थिए । उनीहरुले त्यहाँ क्वाड बाइक देखे र त्यसको अनुभव पनि लिए । उनीहरुले बालीका खोलानाला, डाँडाकाँडामा क्वाड बाइकमा यात्रा गरे । इन्डोनेसिया र नेपालको भौगोलिक अवस्था उस्तै भएकाले नेपालमा पनि क्वाड बाइक राइडलाई सुरु गर्ने सोच आएको कार्यकारी निर्देशक महर्जन बताउँछन् । ‘हामी साथीहरुसहित बाली घुम्न गएका थियौं । त्यतिबेला हामीले त्यहाँ क्वाड बाइक देख्यौं,’ उनले भने, ‘क्वाड बाइक चढ्दा निकै रमाइलो लाग्यो, अनि नेपालमा पनि यो सुरु गरौं भन्ने सल्लाह भएपछि नेपाल आएर यसको प्रकृया सुरु गरेका हौं ।’
बालीबाट फर्किएपछि सुरुमा उनीहरु गन्तव्य खोज्न थाले । त्यसका लागि मकवानपुरको चित्लाङ उपयुक्त हुने भएकाले चित्लाङमै क्वाड बाइक नेपाल राइड सुरु गर्ने निर्णय गरे । भ्रमण वर्ष २०२० पनि नजिकिँदै गरेकाले उनीहरुले त्यतिबेला आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भनेर डिसेम्बर १६, २०१९ मा यसको उद्घाटन गरेको महर्जन बताउँछन् । ‘हामीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यसको सुरुवात ग¥यौं,’ उनी भन्छन्, ‘तर कोभिड–१९ को महामारी सँगसँगै आएकाले हामीले सोचेजस्तो पिकअप लिन सकेन ।’
चारवटा ठूलाठूला पाङ्ग्रा हुने तर मोटरसाइकल जस्तो देखिने क्वाड बाइक अल–टेरेन भेइकल (एटिभी) अन्तर्गत पर्दछ । विकसित देशमा एडभेन्चर स्पोर्टस्का रुपमा चल्तीमा रहे तापनि नेपालमा भने यसअघि आइसकेको थिएन । त्यसो त पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न सफल चित्लाङमा पर्यटकको आवागमन बढाउन क्वाड बाइकले महत्वपूर्ण भूमिका खेलिरहेको महर्जन बताउँछन् । जसरी ¥याफ्टिङ र बन्जी जम्पका लागि भोटेकोशी र प्याराग्लाइडिङका लागि पोखरा परिचित छ । त्यसैगरि चित्लाङ पनि क्वाड बाइकका लागि परिचित भैरहेको महर्जनको भनाई छ ।
५ जना युवा व्यवसायीको करिव ७० लाख रुपैयाँ लगानीमा सुरु गरिएको द एडभेन्चर गियर्स प्रालिसँग अहिले ५ वटा क्वाड बाइक छन् । जसका लागि स्थानीय सरकारसँग अनुमति लिएर उनीहरुले चित्लाङ रिसोर्टदेखि निर्माणाधिन फरेस्ट्री कलेजसम्म करिव ६ किलोमिटरको दुरीमा ट्रयाक बनाएका छन् । चित्लाङमा सामान ढुवानी गर्नका लागि बनाइएको अस्थायी बाटोलाई नै ट्रयाकका रुपमा विकसित गरेको महर्जनले बताए । त्यो राइडमा करिव ४५ मिनेटदेखि १ घन्टामा यात्रा गरिसक्छन् । यो बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खुला हुन्छ ।
३ सय बढीले गरे राइडिङ
करिव ११ महिनाको अवधिमा ३ सयले क्वाड बाइकमा यात्रा गरिसकेका छन् । तर लक्ष्य भने यतिमात्र नरहेको महर्जन बताउँछन् । ‘हाम्रो यो अवधिमा हजारौं पर्यटकलाई क्वाड बाइकको अनुभव दिलाउने लक्ष्य थियो,’ उनले भने, ‘कोभिड–१९ का कारण ३ सयको हाराहारी पर्यटकले क्वाड बाइक राइडिङ गरेका छन् ।’ तर अहिलेसम्म जतिले चढे सबैबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको उनले बताए । जर्मनी, फ्रान्स लगायतका देशबाट पनि गुगलमा सर्च गरी चित्लाङ आउन थालेका छन् । त्यसैले कोरोनाको महामारी कम हुने बित्तिकै यसले पिकअप लिने कुरामा महर्जन विश्वस्त छन् ।
शुल्क घट्यो : २ हजार ५ सय मात्र
क्वाड बाइकमा यात्रा गर्नका लागि हाल २ हजार ५ सय रुपैयाँ तोकिएको छ । सुरुवात गर्दा ३ हजार शुल्क तोकिएकोमा कोभिडका कारण शुल्क घटाइएको महर्जन बताउँछन् । जसअन्तर्गत एकजना गाइड, दिउँसोको खाजा र टोकन अफ लभ प्रदान गरिन्छ ।
राइडरको ७ लाखसम्मको जीवन बिमा
क्वाड बाइक राइडरका लागि ७ लाखको दुर्घटना बिमा गरिन्छ । ४ पाङ्ग्रे भएकाले दुर्घटनाको जोखिम एकदमै कम हुने भए तापनि राइडरको सुरक्षाका लागि ७ लाखसम्मको दुर्घटना बिमा गरिने कार्यकारी निर्देशक महर्जन बताउँछन् । साथै, राइडरलाई सेफ्टी गियर्सहरु पनि दिने गरिएको छ । जसमा हेल्मेट, पन्जा, निगार्ड, इल्भोगार्ड लगायतका सामग्री प्रदान गरिनेछ । त्यसैले दुर्घटना भैहाल्यो भनेपनि क्षति कम हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...