जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा
काठमाडौं–जिली ईएक्स५ को नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका इलेक्ट्रिक कार भित्रिने क्रमले तीव्रता पाएको छ । १०० किलोवाट क्षमता सम्मको मोटर जडित यस्ता कारमा जम्मा १० प्रतिशतमात्र भन्सार लाग्ने नीतिका कारण आयताकर्ता कम्पनीको रोजाइमा कम क्षमताको मोटर जडित कार पर्न थालेका हुन् ।
कर छुटका कारण मूल्यमा प्रतिस्पर्धा गर्न सजिलो हुने भन्दै केही कम्पनीले मिनी इलेक्ट्रिक कारको आयातलाई बढावा दिए पनि यस्ता कारले अपेक्षाकृत बजार भने पाउन सकिरहेका छैनन् । मूल्यमै प्रतिस्पर्धा गर्न केही स्थापित ब्रान्डले मोटर क्षमता घटाएर आयात समेत थालिसकेका छन् । विश्व प्रख्यात चिनियाँ ईभी ब्रान्ड बीवाईडीको एट्टो ३ यसको एक ज्वलन्त उदाहरण वनेको छ ।
यसअघि १५० किलोवाट मोटरमा उपलब्ध रहँदै आएको एट्टो ३ मा कम्पनीले नेपाली बजारकै लागि भनेर १०० किलोवाट मोटर जडान गरी पठाएसँगै यो कारको मूल्य २५ लाख रुपैयाँले सस्तो भएको छ । अर्को चिनियाँ ब्रान्ड एमजीले पनि जेडएस ईभीको मोटर कम गरेर नेपाल ल्याउने तयारी थालिसकेको छ ।
१०० किलोवाट मोटरमा आएसँगै एट्टो ३ को सिधा प्रतिस्पर्धा हुन्डाई कोनासँग हुने देखिएको छ । कोनामा पनि हुन्डाईले १०० किलोवाट क्षमताकै मोटर जडान गरेको र यी दुवै कारको मूल्य समेत लगभग समान भएका कारण यो सेग्मेन्टमा दुई कारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।
सनरुफ नभएको मोडल, जीएल र टप गरी कोना कुल तीन भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसको मूल्य क्रमश ६० लाख ९६ हजार, ६१ लाख ९६ हजार र ६४ लाख ५६ हजार निर्धारण गरिएको छ भने एउटामात्रै भेरिएन्टमा उपलब्ध एट्टो ३ लाई आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ६४ लाख ९६ हजार रुपैयाँमा विक्री गरिरहेको छ ।
मोटर क्षमता समान भएपनि यी कारमा जडान गरिएको ब्याट्रीको साइज भने फरक छ । एट्टो ३ मा ६०.४८ किलोवाटर आवरको व्लेड व्याट्री जडान गरिएको छ भने कोनामा प्रयोग गरिएको व्याट्री ३९.२ किलोवाट आवरको हो । यी दुवै कारको पावर समान १३६ हर्स पावर छ भने टर्कको मामलामा कोना एट्टो ३ भन्दा अगाडि छ । कोनाको टर्क ३९५ एनएम रहँदा एट्टो ३ ले जम्मा ३१० एनएम टर्क जेनेरेट गर्छ ।
रेन्जको मामलमा भने एट्टो ३ कोनाभन्दा १०० किलोमिटरले अगाडि छ । कोनालाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ भने एट्टो ३ ले ४२० किलोमिटर दिने दावी छ । व्याट्रीको साइज ठूलो भएको कारण पनि एट्टो ३ ले दिने रेन्ज कोनाको तुलनामा धेरै भएको हो ।
फिचरको तुलना गर्नुपर्दा बीवाईडी एट्टो ३ कोना भन्दा निकै अगाडि रहेको प्रष्ट हुन्छ । कोनामा ६ वटा एयरव्याग दिइएको छ भने एट्टो ३ मा ७ वटा एयरव्याग पाउन सकिन्छ । अन्य फिचर अन्तर्गत कोनामा ईबीडी सहितको एबीएस, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, सेन्ट्रल लक, पावर डोरलक, चाइल्ड सेफ्टी लक, एन्टी थेप्ट अलार्म, सिटबेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बिम उपलब्ध गराइएको छ ।
त्यसैगरी, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पिड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ, अटो डोर अनलक जस्ता फिचर हुन्डाई कोनामा पाउन सकिन्छ ।
उता बीवाईडी एट्टो ३ मा अगाडि भेन्टिलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । साथै इलेक्ट्रिक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कोलिजन वार्निङ, डोर ओपन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायत अन्य थुप्रै फिचर पाउन सकिन्छ ।
कोनामा १७ इन्चको अलोय ह्विल, १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लष्टर, ८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, स्मार्ट कि, पुस बटम स्टार्ट, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक्स गियर सिफ्ट जस्ता फिचर दिइएको छ ।
एट्टो ३ मा मल्टी फङ्सनल स्टेरियङ ह्विल, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पिकर, लेदर सिट, फोल्ड गर्न मिल्ने रियर सिट, ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट लगायत पाउन सकिन्छ ।
कोनालाई हुन्डाईले आफ्नो कम्वस्चन इन्जिन प्लेटफर्ममा निर्माण गरेको हो भने बीवाईडी एट्टो ३ ईभी डेडिकेटेड प्लेटफर्ममा तयार भएको हो । जसका कारण ड्राइभ कम्फर्ट लगायत अन्य पक्षमा समेत यी दुई कारबीच केही भिन्नता रहेको महसुस गर्न सकिन्छ ।
काठमाडौं–जिली ईएक्स५ को नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...
काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...
पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...