आगामी चैतभित्रै साझाका ३ विद्युतीय बस नेपाल भित्रिदै

काठमाडौं - साझा यातायातका बन्दै गरेका ४० बसमध्ये तीन बस आगामी चैत महीनाभित्र नेपाल आइसक्ने भएका छन् ।

पहिलो चरणमा तीन वटा विद्युतीय बस आउन लागेका हुन् । साझाका बिजुली बस चीनको नयान्जिंगस्थित कारखानामा तयारीको क्रममा रहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् ।

हाल तीन वटा विद्युतीय बस आउने र उपत्यकाका सडक र रूटमा परीक्षण सफल भएपछि बाँकी ३७ वटा बस आउने उनले जानकारी दिएका छन् ।

साझा यातायातले ४० वटा विद्युतीय बस खरीद गर्न लागेको हो । दीक्षितले सामाजिक सञ्जाल फेसबुकमा तयारी अवस्थामा रहेको बसको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

‘बिजुली यातायात शुरू गर्न हामी प्रतीक्षामा छौं । लुम्बिनी बिकास कोषले मगाएको तीन वटा बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो । तीन वर्षअघि, उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन । बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उदघान गरेका थियौं त्यति बेला, तर अड्को आइलाग्यो । यसपाली साझाको आफ्नै बस आउँदैछन्, उत्साहित छौं !’, दीक्षितले लेखेका छन् ।

साझा यातायातले विगत तीन वर्षदेखि विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको भएपनि सरकारले समर्थन नगर्दा ढिलाई हुँदै आएको थियो । गत वर्ष ३०० वटा बिद्युतीय बस खरीद गर्न साझालाई सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो ।

तर, सो रकम फिर्ता लगेर पुनः साझा यातायातलाई नै फर्काएपछि विद्युतीय बस खरीद प्रक्रिया अघि बढेको थियो ।

नेपाल आउन तयारी भएका विद्युतीय बस २५ सिटभन्दा माथिका हुने छन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोको आकर्षण बन्ने छ बीवाईडी डल्फिन

नाडा अटो शोको आकर्षण बन्ने छ बीवाईडी डल्फिन

काठमाडौं – आगामी भदौ महिनाको अन्त्यमा हुने नाडा अटो शोमा बीवाईडीको...

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

अशोक लेल्यान्डका सवारी साधन किन्न नबिल बैंकले कर्जा दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...

के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

इलेक्ट्रिक टु ह्विलरको माग बजारमा खासै बढ्न नसकेपनि पछिल्लो समय नयाँनयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...