गुगल म्याप्समा अब इमर्सिभ भ्यु फिचर, घरमै बसेर संसारको ट्राफिक दृश्य हेर्न सकिने
गुगलले गुगल म्याप्सको नयाँ सुविधा इमर्सिभ भ्यु लन्च गर्ने भएको छ । यो...
काठमाडौं - सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनी प्रालिद्वारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रीनसिटी अस्पतालमा उपचारमा १५ प्रतिशतसम्म छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाइने छ ।
सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रीनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको सहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।
अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।
कम्पनीका अनुसार सहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।
शुन्य कमिसनमा सेवा दिइरहेको सहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । यस अघि कम्पनिले अजोड इन्स्योरेन्ससंग इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मका इन्स्योरेन्स सुविधा पाउने कम्पनीका सिइओ विशाल जिसीले जानकारी दिए ।
गुगलले गुगल म्याप्सको नयाँ सुविधा इमर्सिभ भ्यु लन्च गर्ने भएको छ । यो...
काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था...
कैलालीको टीकापुर नगरपालिका-९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...