सहारा राइडर तथा ग्राहकले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं - सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनी प्रालिद्वारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रीनसिटी अस्पतालमा उपचारमा १५ प्रतिशतसम्म छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाइने छ ।

सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रीनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको सहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।

कम्पनीका अनुसार सहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।

शुन्य कमिसनमा सेवा दिइरहेको सहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । यस अघि कम्पनिले अजोड इन्स्योरेन्ससंग इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मका इन्स्योरेन्स सुविधा पाउने कम्पनीका सिइओ विशाल जिसीले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन 

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन 

लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...

वीरगञ्ज भन्सारमै थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन

वीरगञ्ज भन्सारमै थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन

वीरगञ्ज – आयातकर्ताले सवारी साधन जाँच पास गराएर नलगेपछि एक हजारभन्दा बढी...

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

काठमाडौं– काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...