कारको क्रयास टेस्टमा सेफ्टी रेटिङ कसरी गरिन्छ ? के फाइदा छ ?

कार किन्दा अन्य फिचरमा बाहेक कारको सेफ्टीमा विशेष ध्यान दिनु पर्छ । विश्वमा कार दुर्घटनामा लाखौ मानिसको मृत्यु हुने गरेको छ । तर, कारमा सेफ्टी फिचर सुधार हुँदै गएपछि सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या घट्दै गएको छ ।

अहिले अधिकांश कार खरिदकर्ताले कारको क्रयास टेस्टिङबारे थाहा पाउन थालेका छन् । कुनै पनि कारको सेफ्टीको अनुमान कार क्रयास र सेफ्टी रेटिङमा निर्भर हुन्छ । ग्लोबल न्यू कार एसेसमेन्ट प्रोग्राम (एनसीएपी) द्वारा कारको क्रयास टेस्ट गरेर रेटिङ दिने गरिन्छ । सोही परीक्षणद्वारा कारको सेफ्टीको बारेमा थाहा हुन्छ । सो सेफ्टी वयस्क र बालबालिका दुवैको लागि फरक हुन्छ ।

सेफ्टी रेटिङको अर्थ
एनसीएपीले प्रायः सबै कम्पनीका गाडीको क्रयास टेस्टिङ गर्छ । सबै कम्पनीहरूले आफ्नो कारको प्रत्येक मोडल र भेरिएन्टमा विभिन्न सेफ्टी फिचर प्रदान गरेका हुन्छन् । यसमा एयरब्याग, एबीएस, ईबीडी, सेफ्टी बेल्ट, ब्याक सेन्सर, क्यामेरा, स्पिड अलर्ट जस्ता फिचरहरू समावेश छन् । जब कार सेफ्टी परीक्षण गरिन्छ, यो सेफ्टी फिचरको आधारमा रेटिङ गरिन्छ ।

सेफ्टी रेटिङ प्रक्रिया
कारको सेफ्टी रेटिङका लागि दुर्घटना परीक्षण गरिन्छ । यसका लागि मानव जस्तो डमी प्रयोग गरिन्छ । परीक्षणको क्रममा, गाडीलाई निश्चित गतिमा कडा वस्तुसँग ठोकिन्छ । यसको लागि कारमा ४ देखि ५ वटा डमी प्रयोग गरिन्छ । कारको पछाडि बच्चाको डमी राखिन्छ । यो चाइल्ड सेफ्टीमा निश्चित गरिन्छ ।

सेफ्टी रेटिङले सुरक्षित कार किन्न मद्दत गर्छ
क्रयास टेस्टपछि कारको एयरब्यागले काम गरेको वा नगरेको र डमीलाई कति क्षति भयो ? कारका अन्य सेफ्टी फिचरले कत्तिको राम्रोसँग काम गरे ? भन्ने सबैको आधारमा रेटिङ दिइएको हुन्छ । यो रेटिङले ग्राहकलाई सुरक्षित कार किन्न मद्दत गर्छ । यद्यपि कारको सबै भेरिएन्टको क्रयास परीक्षण गरिदैन ।

सम्बन्धित समाचारहरू

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...

देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता

देशभरका ६० हजार मेकानिक्सलाई खोपमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री तामाङको प्रतिबद्धता

काठमाडौं – स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा उपलब्ध हुने...

अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल कारमा हुने विशेष सेफ्टी फिचर हो । के तपाईंलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...