बेनेली एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न
बेनेलीले एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न गरेको छ । राइड...
नेपालमा बेनेली बाइकको बजार र यसको विशेषता वारेमा बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल प्रालिका बिक्री प्रमुख विवेक सिंघालसँग गरिएको कुराकानी
बिग बाइकमार्फत इन्ट्रि गरेको बेनेलीले पछिल्लो समय कम सिसी क्षमताका बाइक समेत आयत गर्न थालेको छ । यी दुबै सेग्मेन्टमा बेनेलीको प्रभाव कस्तो छ ?
बेनेलीले बिग बाइकमार्फत नेपालमा इन्ट्रि गरेपनि पछिल्लो सयम कम सिसी क्षमताका बाइकहरु समेत आयत गरी कारोबार थालेको छ । यी दुबै सेग्मेन्टमा यो ब्रान्डको प्रभाब बढिरहेको छ । नेपालमा बिग बाइकको बजार अलि फरक खालको छ । यो सेग्मेन्टमा त्यत्ति धेरै ब्रान्ड नभएका कारण अप्सन समेत कम छ । पछिल्लो समय २०० देखी ४०० सिसी सम्मको मिड रेन्जमा बढी प्ले हुन थालेको छ । यो रेन्जमा कम्युटर, अफ रोडर र नेकेड सबै सेग्मेन्टको माग बढ्दो छ । जसका कारण यो रेन्जमा पनि प्रतिस्पर्धा हुन थालिसकेको छ । बेनेलीको कुरा गर्नुपर्दा हामीसंग १५० देखी ७५० सिसी क्षमता सम्मका मोटरसाइकल उपलब्ध रहँदै आएको छ । सबैभन्दा बढी बिक्री हुने १५० सिसी सेग्मेन्टलाई हामीले १ बर्षअघिमात्र बजारमा उतारेका हौं । अहिले १८० सिसीको समेत कारोबार भैरहेको छ । कोरोना महामारीका कारण सोचेजस्तो बिक्री गर्न नसकेपनि अहिले यो बाइकको माग बढ्न थालेको छ । त्यसैगरी मिड रेन्जमा हामीले बिगतदेखी नै राम्रो कारोबार गरिरहेका छौ । निकट भबिष्यमै १२५ सिसी क्षमताको स्कुटर पनि आयत गर्ने तयारी गरेका छौ । बजारमा हालसम्म ६ हजार भन्दा बढी बेनेली मोटरसाइकल बिक्री भैसकेको छ भने यो बर्ष ३ हजार युनिट बिक्री गर्ने लक्ष्य लिएका छौ ।
बेनेलीलाई अझैपनि अधिकांश राइडरले चीनीयाँ ब्रान्डका रुपमा चिन्ने गर्छन, यस बिषयमा थप प्रष्ट पारिदिनुस न ?
बेनेली इटालियन ब्रान्ड भएपनि यसको उत्पादन भने चीनमा हँुदै आइरहेको छ । चीनमा उत्पादन भएकै कारण कतिपय राइडरमा यो कतै चीनीयाँ ब्रान्ड त हैन भन्ने भ्रम रहनसक्छ । कुरो त्यसो होइन, यो बिशुद्ध इटालियन ब्रान्ड हो । उत्पादनमात्र चीनमा हुने हो । चीनबाटै स्पेयर पार्टस आयत गरी भारतमा समेत यसको एसेम्बल भैरहेको छ । बेनेली उत्पादन गर्ने कम्पनीले चीनमा अन्य ४ वटा बिश्वका उत्कृष्ट ब्रान्डको बाइक समेत उत्पादन गर्छ । चीनमा उत्पादन हुनेभए पनि यसमा प्रयोग गरिएको ब्रेकिङ, एफआई, सेफ्टि फिचर र इन्जिन सबै उत्कृष्ट ब्रान्डको उच्च गुणस्तरयुक्त छ । यो बाइकमा डुकाटीको लेबलमा प्रयोग गरिने सामान प्रयोग भैरहेको छौ । त्यसैले यसको गुणस्तरमा शंका गरिरहनु पर्दैन ।

यी बाइकको मूल्य र बिक्री पछिको सेवा कस्तो छ ?
मूल्यका हिसावले पनि हामी एकदमै प्रतिस्पर्धी नै छौ । आजको दिनमा १५० सिसी सेग्मेन्टमा हामी दोस्रो सस्तो ब्रान्ड हौ । त्यसैगरी मिड रेन्ज र बिग बाइकमा समेत हाम्रो मूल्य एकदमै प्रतिस्पर्धी छ । अझ बिग बाइकमा त झन बेनेली जत्तिको सस्तो बाइक बजारमै उपलब्ध छैन भन्दा पनि हुन्छ । ६÷७ सय सिसी सम्मको मोटरसाइकललाई हामीले जम्मा २० देखी २२ लाख रुपैयाँमा बिक्री गरिरहेका छौ । जबकी हामी सरहको अन्य बाइकलाई ४० लाख हाराहारीमा बिक्री गरिदै आएको छ । बिक्री पछिको सेवाका बारेमा कुरा गर्नुपर्दा हामीले देशका बिभिन्न स्थानमा थ्री एस सुबिधा सहितको डिलर नेटवर्क बिस्तार गरेका छौ । ती स्थानबाट बाइकको सेल्स, सर्भिस र स्पेयर पार्टस् सहितको सेवा उपलब्ध हुँदै आइरहेको छ । हामीसंग अहिलेपनि ९० प्रतिशतभन्दा बढी स्पेयर पार्टस उपलब्ध छ । देशका बिभिन्न स्थानमा रहेका डिलरमार्फत सहज बितरण गरिरहेका छौ । हालसम्म २० वटा डिलर नेटवर्क बस्तार भैसकेको छ । अबको २ बर्ष भित्रमा ५० हाराहारीमा डिलर बिस्तार गर्ने योजना बनाएका छौ ।
बजारमा हाल बिएस ६ मापदन्डका बाइक आयत भैरहेको अबस्थामा चीनबाट आयत हुने यस्ता साधनमा प्रदुषण मापदण्डको अबस्था चाहिँ के छ ?
जसरी भारतबाट आयत हुने मोटरसाइकल र स्कुटर बिएस मापदण्डमा आउँछन्, त्यसैगरी चीनबाट भने यूरो मापदण्ड अनुसार आयत हुने गरेको छ । बेनेलीको हकमा अहिले यूरो ४ र ५ मापदण्डका बाइकहरु आइरहेका छन् भने बिस्तारै सबै यूरो ५ मा नै जानेगरी तयारी भैरहेको छ । । बजारमा हामीले नै पहिलोपटक ३ सय सिसीमा एफआई, एबिएस र डुअल च्यानल एबिएस र स्विचिङ एबिएस समेतको अप्सन दिएका छौ । १५० सिसीभन्दा माथी सबै एफआई इन्जिनमा मात्र उपलब्ध छ । हाल ३०० सिसीमा एबिएस छ भने ६ महिनाभित्र १५० सिसीमा पनि एबिएस राखेर ल्याउँने गरी काम गरिरहेका छौ ।
राइडरले बेनेली नै रोज्ने किन, के छ यो ब्रान्डको खास बिशेषता ?
बेनेली टु ह्विलरमा बिश्वको सबैभन्दा पुरानो मध्यको एक कम्पनी हो । यो ११० बर्ष पुरानो कम्पनी हो । यत्तिको पुरानो कम्पनीको उत्पादन नेपाली बजारमा उपलब्ध नै छैन भन्दा पनि हुन्छ । पुरानो र स्तरिय ब्रान्ड भैकन पनि यसका उत्पादनलाई ‘भ्यालु फर मनि प्रोडक्ट’का रुपमा लिने गरिन्छ । सेफ्टि कन्सर्न र प्यासन प्रो राइडिङ यसको प्रमुख बिशेषता हो । टुरिङ र अफरोड दुबै प्रकारको राइडिङमा आरामदायी यात्रा गर्न सकिन्छ । बेनेलीमा हामीले कम्तीमा पनि २ बर्षको इन्जिन वारेन्टि दिएका छौ । प्राय अन्य ब्रान्डको बाइकलाई ग्राहकले २ देखी ३ बर्षसम्म प्रयोग गर्ने र त्यसपछि एक्सचेन्ज गर्ने गरेकोमा बेनेली मोटरसाइकललाई एउटै राइडरले ५ बर्षसम्म निरन्तर प्रयोग गरिरहेका छन् । एकपटक बेनेली प्रयोग गरेपछि राइडरहरु हत्तपत्त अन्य ब्रान्डमा सिफ्ट हुन चाहँदैनन् ।
बेनेलीले एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न गरेको छ । राइड...
नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...
काठमाडौं – बजेट पश्चात विभिन्न कम्पनीका बाइकहरुको मूल्य घट्ने क्रम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...