यी हुन् सबैभन्दा बलिया १० कार, नेपाली बजारमा समेत उपलब्ध

सडक दुर्घटना बढेसँगै कम्पनीहरुले कारमा विभिन्न सेफ्टी फिचर समावेश गर्न थालेका छन् । सडक दुर्घटनाबाट बच्नका लागि कारलाई बलियो पनि बनाउन थालिएको छ । हाल बजारमा उपलब्ध १० कार महिन्द्रा एक्सयूभी३००, टाटा अल्ट्रोज, टाटा नेक्सन, टाटा टिगोर, मारुती सुजुकी ब्रेजा, मारुती अर्टिगा, फोर्ड एस्पायर, रेनो डस्टर, महिन्द्रा मराजो र फक्सवागन पोलो बलियो कारमा मानिन्छ ।

ग्लोबल एनसीएपी एक संस्थान हो जसले सुरक्षाको आधारमा कारको रेटिङ दिने गर्छ । रेटिङको लागि कारलाई केही राउन्डस्मा टेस्ट गरिन्छ । जहाँ कार सडक दुर्घटना भएमा वयस्क र चाइल्डलाई कतिको सुरक्षा प्रदान गर्छ भन्ने जाँच गरिन्छ । रेटिङको आधारमा यी कार सबैभन्दा बलियो रहेको छ ।

एक्सयूभी३००
एक्सयूभी३०० सबैभन्दा सुरक्षित कार हो । ग्लोबल एनसीएपीले सो कारलाई ५ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ५ र चाइल्ड प्रोटेक्शनको लागि ४ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १६.६२ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा ३७.४४ अंक पाएको थियो ।

टाटा अल्ट्रोज
टाटा अल्ट्रोज दोस्रो सुरक्षित कार मानिन्छ । ह्याचब्याक सेगमेन्टमा सो कार सबैभन्दा सुरक्षित कार मानिन्छ । ग्लोबल एनसीएपीले सो कारलाई ५ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ५ र चाइल्ड प्रोटेक्शनको लागि ३ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १६.१३ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा २९ अंक पाएको थियो ।

टाटा नेक्सन
टाटा नेक्सन तेस्रो सुरक्षित कार मानिन्छ । ग्लोबल एनसीएपीले सो कारलाई ५ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ५ र चाइल्ड प्रोटेक्शनको लागि ३ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १६.०६ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा २५ अंक पाएको थियो ।

महिन्द्रा मराजो
महिन्द्रा मराजो पनि सुरक्षित कार मानिन्छ । एमपीभी सेगमेन्टमा सो कार सुरक्षित एमपीभी कार हो । ग्लोबल एनसीएपीले सो कारलाई ४ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ४ र चाइल्ड प्रोटेक्शनको लागि २ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १२.८५ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा २२.२२ अंक पाएको थियो ।

फक्सवागन पोलो
ग्लोबल एनसीएपीका अनुसार फक्सवागन पाँचौ सबैभन्दा सुरक्षित कार हो । सो कारलाई ग्लोबल एनसीएपीले ४ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ४ र चाइल्ड प्रोटेक्शनको लागि ३ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १२.५४ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा २९.९१ अंक पाएको थियो ।

टाटा टिगोर
ग्लोबल एनसीएपीले सो कारलाई ४ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ४ र चाइल्ड प्रोटेक्शनको लागि ३ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १२.५२ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा ३४.१५ अंक पाएको थियो ।

मारुती सुजुकी ब्रेजा
ग्लोबल एनसीएपीले सो कारलाई ४ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ४ र चाइल्ड प्रोटेक्शनको लागि २ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १२.५१ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा १७.९३ अंक पाएको थियो ।

मारुती सुजुकी अर्टिगा
मारुती अर्टिगा कारलाई ग्लोबल एनसीएपीले ३ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ३ र चाइल्ड प्रोटेक्शनको लागि ३ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा ९.२५ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा २९.१६ अंक पाएको थियो ।

फोर्ड एसपायर
फोर्ड एसपायर कारलाई ग्लोबल एनसीएपीले ३ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ३ र चाइल्ड प्रोटेक्शनको लागि २ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा १०.४९ अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा १४.२२ अंक पाएको थियो ।

रेनो डस्टर
रेनो डस्टर कारलाई ग्लोबल एनसीएपीले ३ स्टारको रेटिङ दिएको थियो । सो कारलाई एडल्ट प्रोटेक्शनको लागि ३ र चाइल्ड प्रोटेक्शनको लागि २ स्टार दिएको थियो । एडल्ट प्रोटेक्शनको लागि १७ मा ९.० अंक पाएको थियो भने चाइल्ड प्रोटेक्शनको लागि ४९ मा १७.७५ अंक पाएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...