बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कैलाली – सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसन (साडा) को तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को छाता संगठनको रूपमा साडा गठन गरिएको हो ।
नाडाका संगठन बिस्तार समितिका सभापति तथा पुर्व उपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदुरपश्चिम गठन गरिएको हो ।
नव निर्बाचित साडाको अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चपाई र गौरब अग्रवाल, महासचिव श्याम जोशी, सचिव प्रदिप जोशी र कोषाध्यक्ष अभियान खड्का चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीब हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएका छन् ।
यसैगरी सल्लाहकार सदस्यमा नबिन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको छ । कार्यक्रममा बोल्दै नाडाका पुर्व उपाध्यक्ष कपुरीले प्रदेश संगठन बिस्तार गर्ने क्रममा प्रदेश नम्बर १, ३ र ४ मा संगठन बिस्तार भैसकेको बताउदै सुदूरपश्चिम प्रदेशमा समेत संगठन बिस्तार गरिएको बताए ।
नव गठित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले भबिष्यमा धनगढी नगरपालिका क्षेत्रमा अटो भिलेजको स्थापना गरिने बताए । उनले यसका लागि डिपिआर समेत तयार भैरहेको बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...