आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, १०० बाइकमार्फत सेवा दिँदै

काठमाडौं - सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै छ । ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै काठमाडौंको निलो पुलमा चाँडै वर्कसप सञ्चालनमा ल्याउन लागेको हो ।

सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्‍याएको छ ।

कम्पनीले सञ्चालनमा ल्याउँदै गरेको अत्याधुनिक वर्कसपका कारण कम्पनीका बाइकहरूको नियमित मर्मत–सम्भार हुनुका साथै बाइकहरूको सुरक्षा र कार्यक्षमतामा समेत सुधार आउने कम्पनीले अपेक्षा राखेको बताएको छ ।

‘आरवाईडी नेपाल’ काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड न्यु बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ। यसले मर्मतको खर्च र तनावबाट राइडरलाई मुक्ति दिनेछ।

राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन रु. ८०० मात्र भाडा तोकेको छ। यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता छैन ।

आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्न सक्ने मोडल पनि तयार गरेको छ। यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्नेछ।

कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप रु. १५०० को पेट्रोल पनि उपलब्ध गराउनेछ ।

आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो । साथै राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरुले भोग्ने समस्या समाधानमा कम्पनी अभिभावकको रुपमा प्रस्तुत भइरहेको छ । राइडरहरुलाई विना झन्झट सुरक्षित यात्राको सहयात्री बन्न कम्पनी प्रतिबद्ध भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

ब्लुटुथ नेभिगेसन र म्युजिक कन्ट्रोल जस्ता सुविधाले सम्पन्न ट्रायम्फ स्पिड ट्विन ९०० को अपडेटेड मोडल लन्च

ब्लुटुथ नेभिगेसन र म्युजिक कन्ट्रोल जस्ता सुविधाले सम्पन्न ट्रायम्फ स्पिड ट्विन ९०० को अपडेटेड मोडल लन्च

ट्रायम्फ मोटरसाइकल इन्डियाले आफ्नो आधुनिक क्लासिक बाइक ट्रायम्फ स्पिड...

काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं – अल्ट्राभोइटलेको नेपालका लागि आधिकारिक वितरक केडिया समूहले...

अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

काठमाडौँ – आईएमई समूह अन्तर्गतको अशोक एलटी इन्जिनियरिङ सर्भिसेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...