नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक
काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...
काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड रनयाङका इलेक्ट्रिक स्कुटर उपलब्ध गराउदै आएको एचजी मोटर्सले टेकुमा नयाँ शोरुम स्थापना गरेको छ । काठमाडौंको सामाखुसीमा पहिले देखि नै शोरुम उपलब्ध भएकोमा हाल टेकुमा समेत नयाँ शोरुम स्थापना गरिएको हो । कम्पनीले बुटवल, भैरहवा लगायत उपत्यका वाहिर पनि यी स्कुटर बिक्री गरिरहेको छ ।
रनयाङका दुई मोडल बिक्रीका लागि उपलब्ध छन् रनर र क्लाइम्बर । दुवै स्कुटरमा लिड एसिड र लिथियम ब्याट्री अप्सन उपलब्ध छ । यी स्कुटरमा ७२ भोल्ट ३२ एम्पियरको ब्याट्री छ ।
रनयाङ रनरमा २००० वाटको मोटर छ । यसको मूल्य २ लाख १५ हजार र १ लाख ७६ हजार रुपैयाँ छ ।
त्यसैगरी रनयाङ क्लाइम्बरमा ३००० वाटको मोटर छ । यसको मूल्य २ लाख २५ हजार र १ लाख ८६ हजार रुपैयाँ छ ।
हाल नयाँ वर्ष २०८० को उपलक्ष्यमा स्कुटरमा १५ हजार रुपैयाँ छुटको समेत व्यवस्था छ ।
यी स्कुटर पावर र फास्ट क्लाइम्बिङका लागि उपयुक्त छन् । रिमोट चार्जिङ, बर्गलर अलार्म, एक्सपर्ट टायर एसेम्बली टेक्नोलोजी, इफेक्टिभ रिडक्सन अफ रोलिङ रेजिस्टेन्स, डिजिटल इन्टेलिजेन्ट, मोडब्लक ड्राइभ सिस्टम, रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् ।
काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...
टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...