रोयल इन्फिल्डको बबर स्टाइल्ड मोटरसाइकल गोन क्लासिक ३५० सार्वजनिक

रोयल इन्फिल्डले नयाँ बाइक रोयल इन्फिल्ड गोन क्लासिक ३५० सार्वजनिक गरेको छ। सो बबर शैलीको मोटरसाइकल कम्पनीको सबैभन्दा लोकप्रिय बाइक क्लासिक ३५० मा आधारित छ। यसलाई सिंगल र तीन ड्युअल टोन कलर विकल्पमा प्रस्तुत गरिएको छ।

सो मोटरसाइकलको मूल्य नोभेम्बर २२ र २४ को बीच आयोजना हुने कम्पनीको आगामी वार्षिक बाइकिङ कार्यक्रम मोटोभर्समा घोषणा गरिनेछ । बाइकले जावा ४२ बबर, बेनेली इम्पेरियल ४०० र होन्डा हाइनेस ३५० सँग प्रतिस्पर्धा गर्नेछ ।

रोयल इन्फिल्ड गोन क्लासिक ३५० को डिजाइन र फिचर कम्पनीको लोकप्रिय बाइक क्लासिक ३५० जस्तै देखिनेछ, तर कम्पनीले यसमा केही विशिष्ट परिवर्तन गरेको छ। यसमा क्लासिक ३५० मा जस्तै गोलो एलईडी हेडलाइट, टियरड्रप आकारको इन्धन ट्याङ्की र कर्भ फन्डर छ र बाइकको सिटको उचाइ ७५० एमएम राखिएको छ ।

सो बाइकमा सिंगल-पीस सिट, एप ह्याङ्गर ह्यान्डलबार, फर्वार्ड सेट फुटपेग, स्ल्याश-कट एक्जस्ट पाइप, यूएसबी चार्जिङ पोर्ट, वायर स्पोक ह्विल, बाक्लो टायर, राउण्ड टेलल्याम्प, टर्न इन्डिकेटर, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर उपलब्ध गराइएको छ । साथै ब्रेकिङ सिस्टमको लागि ड्युअल च्यानल एबीएससहित ३०० एमएम फ्रन्ट र २७० एमएम रियर डिस्क ब्रेक रहेको छ । यद्यपि बेस भेरिएन्टमा सिंगल च्यानल एबीएसका साथ रियरमा ड्रम ब्रेक उपलब्ध गराउन सकिनेछ।

सो मोटरसाइकलमा १९ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्विल दिइएको छ ।  आरामदायी राइडिङका लागि बाइकको फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क र रियरमा ६ स्टेप प्रिलोड एडजस्टेबल ट्वीन शक एब्जर्बर युनिट दिइएको छ ।

रोयल इन्फिल्ड गोन क्लासिक ३५० मा ३४९ सीसी जे सिरिजको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले सुसज्जित गरेको छ, जसले ६१०० आरपीएममा २० एचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि इन्जिनलाई ५ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...

रोयल इन्फिल्ड नेपालको प्रायोजनमा जिरी मेनिया–२०२५ आयोजना हुँदै

रोयल इन्फिल्ड नेपालको प्रायोजनमा जिरी मेनिया–२०२५ आयोजना हुँदै

काठमाडौं–आगामी चैत्र १५ देखी १७ गतेसम्म जिरी मेनिया–२०२५ आयोजना हुने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...