रोयल इन्फिल्डको मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति विशेष क्रेज रहेको छ । रोयल इन्फिल्डको क्लासिक ३५० देखि बुलेटसम्मका बाइकहरुको आफ्नै फ्यान बेस छ। यसैलाई ध्यानमा राख्दै कम्पनीले अब छिट्टै तीन वटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । सो मोडलमा पनि परम्परागत शैलीलाई कायम राख्दै आधुनिक प्रविधि र विशेषता समावेश गर्ने अपेक्षा गरिएको छ ।
रोयल इन्फिल्ड क्लासिक ६५० : रोयल इन्फिल्डको सबैभन्दा लोकप्रिय बाइक क्लासिक ३५० को सफलता पछि अब कम्पनीले क्लासिक ६५० बाइक लन्च गर्ने तयारी गरिरहेको छ। सो बाइक शक्तिशाली इन्जिन र क्लासिक डिजाइनको साथ प्रस्तुत हुनेछ। रिपोर्टका अनुसार क्लासिक ६५० मा ६४८ सीसी समानान्तर ट्विन इन्जिन हुनेछ, जसले ४७.४ बीएचपीको पावर र ५२.४ एनएमको टर्क उत्पादन गर्न सक्षम हुनेछ। सो बाइक सन् २०२५ मा लन्च हुने सम्भावना छ।
रोयल इन्फिल्ड बुलेट ६५० : कम्पनीको दोस्रो बाइक बुलेट ६५० हुनेछ। सो बाइक रोयल इन्फिल्डको आइकोनिक बुलेट सिरिजको ठुलो संस्करण हुनेछ, जसमा आधुनिक सुविधा पनि थपिने । रोयल इन्फिल्ड बुलेट ६५० परीक्षणको क्रममा पनि देखिएको छ । बुलेट ६५० मा ६४८ सीसीको ट्वीन-सिलिन्डर इन्जिन दिने अपेक्षा गरिएको छ ।
रोयल इन्फिल्ड हिमालयन ६५० : एड्भेन्चर बाइक प्रेमीको लागि रोयल इन्फिल्ड हिमालयन ६५० उत्कृष्ट विकल्प हुन सक्छ। सो बाइक रोयल इन्फिल्डको लोकप्रिय एड्भेन्चर सिरिज हिमालयनको अपग्रेडेड संस्करण हुनेछ । रिपोर्टका अनुसार हिमालयन ६५० इन्टरसेप्टर ६५० को ट्रेलिस फ्रेममा बनाइनेछ । शक्तिशाली इन्जिनका साथसाथै राम्रो ग्राउन्ड क्लियरेन्स र एड्भेन्चर टुरिङका लागि यसमा धेरै आधुनिक सुविधा उपलब्ध गराइनेछ । हिमालयन ६५० सन् २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
रोयल इनफिल्डले छिट्टै तीनवटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...