रोयल इनफिल्डका ३ नयाँ मोटरसाइकल लन्च हुँदै, तीनवटै मोडल ६५० सिसीको हुने

रोयल इनफिल्डले छिट्टै तीनवटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ । कम्पनीले क्लासिक ६५०, बुलेट ६५० र हिमालयन ६५० मोडल लन्च गर्ने तयारी गरेको हो । यी नयाँ मोटरसाइकल लन्च भएपछि ६५० सिसी लाइनअपमा थप बलियो पोर्टफोलियो बन्ने कम्पनीले विश्वास लिएको छ । भारतमा लन्च भएपश्चात यी तिनवटै मोटरसाइकल नेपाली बजारमा समेत भित्रिने अनुमान गर्न सकिन्छ ।

क्लासिक ६५०
रोयल इनफिल्डको सबैभन्दा लोकप्रिय बाइक क्लासिक ३५० को सफलतापछि अब कम्पनीले क्लासिक ६५० लन्च गर्ने तयारी थजाको हो । यो बाइक शक्तिशाली इन्जिन र क्लासिक डिजाइनको साथ प्रस्तुत हुनेछ । रिपोर्टहरूका अनुसार, क्लासिक ६५० मा ६४८ सिसी समानान्तर ट्विन इन्जिन हुनेछ । जसले ४७.४ बीएचपी पावर र ५२.४ एनएम टर्क उत्पादन गर्दछ । रोयल एनफिल्ड क्लासिक ६५० सन् २०२५ को पहिलो क्वाटरमा लन्च हुने सम्भावना छ ।

बुलेट ६५०
कम्पनीको दोस्रो आगामी बाइक बुलेट ६५० हुनेछ । यो बाइक रोयल इनफिल्डको आइकोनिक बुलेट सिरिजको ठूलो संस्करण हुनेछ । जसमा धेरै आधुनिक सुविधाहरू पनि थपिनेछन् । बुलटे ६५० लाई भारतीय सडकमा परीक्षणको क्रममा धेरै पटक देखाइएको समेत छ । जसले यसको लन्चको अपेक्षा बढाएको छ । बुलेट ६५० मा ६४८ सीसीको ट्वीन–सिलिन्डर इन्जिन उपलब्ध हुने अनुमान गरिएको छ ।

हिमालयन ६५०
हिमालयन ६५० साहसिक बाइक प्रेमीहरूको लागि उत्कृष्ट विकल्प हुने रोयल इनफिल्डले जनाएको छ । यो बाइक रोयल इनफिल्डको लोकप्रिय एडभेन्चर सिरिज हिमालयनको अपग्रेडेड संस्करण हुनेछ । रिपोर्टका अनुसार हिमालयन ६५० इन्टरसेप्टर ६५० को ट्रेलिस फ्रेममा बनाइनेछ । शक्तिशाली इन्जिनका साथसाथै राम्रो ग्राउन्ड क्लियरेन्स र एडभेन्चर टुरिङका लागि यसमा धेरै आधुनिक सुविधाहरू उपलब्ध गराइनेछ । हिमालयन ६५० २०२५ को फेस्टिभ सिजनमा लन्च हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

रोयल इन्फिल्डले एक आर्थिक वर्षमा विश्वभर १० लाख मोटरसाइकल बिक्री गरेर...

रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डले आफ्नो नयाँ अफ-रोड मोडल हिमालयन ४५० र्यालीको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...