रोयल इनफिल्डको कुल बिक्रीमा ३५० सीसी सेग्मेन्टको हिस्सा ९० प्रतिशत भन्दा बढी, यस्तो छ सेप्टेम्बरको बिक्री
काठमाडौं–रोयल इनफिल्डले सेप्टेम्बर २०२६ मा कुल १ लाख ३३ हजार ९५८ युनिट...
काठमाडौं–रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’ नेपाली बजारमा लन्च हुने भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले आज एक कार्यक्रममाझ यस नयाँ मोटरसाइकल लन्च गर्ने भएको हो ।
भारतीय बजारमा केहि दिनअघि मात्र लन्च गरिएको यो नयाँ मोडल भारतीय सेनाको ऐतिहासिक र साहसी गोर्खा रेजिमेन्टप्रति सम्मान प्रकट गर्न तयार पारिएको हो ।
बाइकमा विशेष ‘गोर्खा ग्रीन’ रङ प्रयोग गरिएको छ भने यसको फ्युल ट्यांक र साइड प्यानलमा गोर्खा रेजिमेन्टको पहिचान स्वरूप क्रस खुकुरी अंकित गरिएको छ ।
बाइकमा साविककै परिमार्जित ३४९ सीसीको जे–सिरिज सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २० बीएचपी पावर र २७ एनएम टर्क उत्पन्न गर्छ ।
यसमा ५–स्पीड गियरबक्सका साथै असिस्ट एन्ड स्लिपर क्लच र टाइप–सी युएसबी फास्ट चार्जिङ पोर्टजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...